IME Life New

बाणिज्य बैंकको वितरण योग्य मुनाफा साढे दुई गुणाले बढ्यो, नविल बैंकको नाफा भन्दा वितरणयोग्य मुनाफा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाणिज्य बैंकहरुको वितरण योग्य मुनाफा गएको वर्षको तुलनामा साढे दुई गुणाले बढेको छ । शेयरधनीहरुले लाभांस पाउदा वितरण योग्य मुनाफाबाटै पाउछन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २७ बाणिज्य बैंकको वितरण योग्य मुनाफा ३५ अर्ब १८ करोड रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा बाणिज्य बैंकहरुको वितरण योग्य मुनाफा १३ अर्ब ५९ करोड रुपैयाँ मात्रै थियो ।

नेपाल राष्ट्र बैंकले दुई वर्ष अगाडि कार्यान्वयनमा ल्याएको एनएफआरएस प्रणालीमा बैंकहरुले कुल मुनाफा मध्येबाट शेयरधनीहरुले पाउने मुनाफा पनि सार्वजनिक गर्नु पर्ने व्यवस्था छ । बैंकहरुले मुनाफाको १० प्रतिशत कर्मचारीको बोनसका लागि छुट्टाउनु पर्छ । त्यस्तै नेपाल राष्ट्र बैंकले निर्धारण गरेका फण्डहरुमा छुट्टाउनु पर्छ । रेगुलेटरी रिजर्भ तथा कर्मचारीको बोनस तथा तालिम सेवा सुविधाका लागि छुट्टाएर मात्रै शेयरधनीहरुका लागि वितरण गर्न मिल्ने लाभांस गणना गरिन्छ ।

Esewa
Crest

यस त्रैमासमा नविल बैंकको मुनाफा भन्दा वितरण योग्य मुनाफा धरै छ । बैंकले तीन अर्ब ६७ करोड रुपैयाँ मुनाफा आर्जन गर्दा वितरण योग्य मुनाफा भने तीन अर्ब ८० करोड रुपैयाँ छ । बैंकले गएको वर्ष नियामकिय रिजर्भमा जम्ममा गरेको रकम यस आर्थिक वर्षमा रिलिज गरेर मुनाफाका लागि तानेको छ। अन्य बैंकहरुले पनि यस्तो अभ्यास गर्दा अधिकाम्स बाणिज्य बैंकहरुको वितरण योग्य मुनाफा बढेको देखिन्छ । गएको चैतमा अधिकाम्स बाणिज्य बैंकहरुले कोभिड १९ का कारण कर्जा विग्रिने भन्दै नाफाको अधिकाम्स रकम जोखिम कोषमा राखेका थिए । तर यस वर्ष सबैले उक्त कोषमा राखेको रकम वितरणका लागि छुट्टाएका हुन् ।

राष्ट्रिय बाणिज्य बैंकको पनि वितरण योग्य मुनाफा तीन अर्ब चार करोड रुपैयाँ छ । यस वर्ष ग्लोबल आइएमई बैंकको पनि वितरण योग्य मुनाफा दुई अर्ब ५६ करोड रुपैयाँ छ । प्राइम कमर्सियल बैंकको दुई अर्ब २० करोड रुपैयाँ, एनएमबी बैंकको दुई अर्ब २७ करोड रुपैयाँ छ।

कुन बैंकको वितरण योग्य मुनाफा कति ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS