IME Life New

पूँजी परिचालन हुने क्षेत्र कसरी अनुत्पादक हुन्छ? धितोपत्र वोर्डका निर्देशक अधिकारीको बिचार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लगानीकर्ताहरु राम्रा कम्पनीले एफपिओ निष्काशन गर्दा लाखौ रुपैयाँ पैसा हाल्न तयार हुन्छन्। तर नेशनल हाइड्रोपावर कम्पनीले निष्काशन गर्यो भन्ने पक्कै तयार नहोलान्। त्यही भएर दोस्रो बजारमा सबै कम्पनीको मूल्य समान हुँदैन। जुन कम्पनीले राम्रो गर्छ, राम्रो लाभांस भुक्तानी गर्छ उसको मूल्य माथि हुन्छ। कमजोर कम्पनीको मूल्य तल हुन्छ। त्यसैले शेयर बजारलाई अनुत्पादक भन्न मिल्दैन।
प्रत्यक्ष उत्पादन गर्नेलाई मात्र उत्पादनमूलक भनेर परिभाषित गर्नु संकुचित मानसिकता हो। पूँजीलाई परिचालन गरेर त्यही कुरा उत्पादनसँग जोडिने हो। किसानले ५० रुपैयाँमा तरकारी उत्पादन गरिरहेको छ। बजारमा २० रुपैयाँमै पाइयो। अब किसानको ५० रुपैयाँको तरकारीलाई उत्पादनमूलक भन्ने कि अनुत्पादक? उत्पादन गर्ने वित्तिकै उत्पादनमूलक हुँदैन। बजारबाट २० रुपैयाँमा तरकारी किनेर किसानले खर्चिरहेको पूँजी र परिश्रम अन्यत्र लगाउँदा त्यो उत्पादनमूलक हुन्छ। नत्र २० रुपैयाँमा बजारमा पाइरहँदा ५०  रुपैयाँ खर्चिएर कसैले तरकारी खेति गर्छ भने त्यो अनुत्पादक हुन्छ।
शेयर बजार पनि त्यही हो। यसले उत्पादनको साधन पूँजीको निर्माण गर्छ। पूँजीको निर्माण गर्ने क्षेत्र कसरी अनुत्पादक हुनसक्छ? शेयर बजार वित्तीय साधन परिचालन गर्ने ठाउँ हो। जहाँ वित्तीय साधनको भरपुर प्रयोग र प्रबर्द्धन भएका छन् ती देशले विकासमा फड्को मारेका छन्। त्यसैले शेयर बजारलाई अनुत्पादक क्षेत्र भन्न मिल्दैन।
पूँजी बजार अनुमानका भरमा चल्छ भनिन्छ। अनुमान गर्नु त नराम्रो होइन नि। अनुमानले नै परिदृश्यलाई फराकिलो बनाउँछ। अनुमान नै भएन भने बजारमा तरलता कसरी सृजना हुन्छ? तुरुन्तको तुरुन्तै बेच्नको लागि कोही न कोहो तयार हुनु पर्छ। पूँजी बजारमा त्यो स्पेस सँधै सुरक्षित हुन्छ। त्यही भएर यो बजार चलायमान हुन्छ। बजार चलायनमान भएकै कारण पूँजी परिचालन हुन्छ।
पुर्ण रुपमा अर्थतन्त्र नवुझेकाले मात्रै शेयर बजारलाई अनुत्पादक भन्छ। माथिल्लो पदमा पुगेका सबैले सबै कुरा जानेकै हुनु पर्छ भन्ने पनि छैन। नेपालको सन्दर्भमा माथिल्लो पदमा पुगेकाहरु सबै कुरा जानेर त्यहाँ पुगेका पनि छैनन्। र त्यसको आवस्यकता पनि छैन।
बैंकिङ क्षेत्र, मौद्रिक नीतिको बारेमा जानकारी छ भन्दैमा पुरै अर्थतन्त्रको ज्ञान छ भन्ने अर्थ लगाउन मिल्दैन। एउटा जिम्मेवार पदाधिकारीले के बोल्नु पर्छ, के बोल्नु हुँदैन भन्ने कुरामा संयमता अपनाउनु पर्छ।  आफ्नो बोलीको संवेदनशिलता कतिसम्मको छ बुझ्नु पर्छ। १८८१ को परिसुचक ११ सयको लाइनमा झरिसक्यो भन्दै गर्दा खर्बौं रुपैयाँको मूल्य गुमिसक्यो भन्ने पनि बुझ्नु पर्छ।
 जिम्मेवार ब्यक्तिबाट अब्यवहारिक अभिब्यक्ति आएको हो। नत्र बुझेको मान्छेले  पूँजी परिचालन हुने क्षेत्रलाई अनुत्पादक भन्न सक्दैन।
बजारमा अस्वभाविक उतारचढाब किन भइरहेको छ?  बजारलाई कुन कुन फ्याक्टरले अनावश्यक दवावमा राखिरहेको छ भन्ने कुरा अध्ययन गरिनु पर्छ। बजारलार्इ तर्क संगत र पारदर्शी बनाउँदै लैजानेतर्फ पहल गर्नु पर्छ।
हिजो राष्ट्र बैंकको २ अर्बको पूँजीलाई आठ अर्ब पुर्याउने नीतिका कारण पनि बजार अहिले समस्यामा परेको हो। त्य सबेला बढ्यो तर त्यसैका कारण अहिले घटेको हो। बोनस, हकप्रद र एफपिओका कारण आपूर्ति बढेर शेयर बजार प्रभावित भएको छ।
विदेशमा काम गरेका नेपालीहरुले पनि शेयर बजारमा पैसा लगाएका छन्। उनीहरुको पैसा पूँजीका रुपमा परिचालित भएको छ। यसलाई कसरी अनुत्पादक भन्न मिल्छ? जलविद्युत कम्पनीमा अर्बौ रुपैयाँ पैसा लगानी भएर लोडसेडिङ अन्त्य भएको छ। शेयर बजार नहुने हो भने त्यत्रो पैसा जुट्दैन थियो। अब बिद्युत उत्पादन गर्न उठाएको त्यो पैसालाई अनुत्पादक भन्न मिल्छ?
शेयर बजार उत्पादनमूलक क्षेत्र हो। बरु बजारमा कस्तो सूचना प्रवाह भैरहेको छ? प्रवाह भएका सुचना कतिका सही हुन्? त्यस बारेमा राज्यले चासो राख्नु पर्छ। बजारलाई थप पारदर्शी बनाउँदै लैजानु पर्छ। ताकि धेरैभन्दा धेरै जनता पूँजी परिचालन गर्ने अभियानमा सहभागी होउन्।
(source:-http://www.bizmandu.com/content/-32998.html)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS