IME Life New

नेपाल लाइफले ‘सुरक्षित जीवन बीमा योजना’ बन्द गरेर ‘नौलो सुरक्षित जीवन बीमा योजना’ लागू गर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जेठ एक गतेदेखि लागु हुने गरि नौलो सुरक्षित जीवन बीमा योजना सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले यो बीमा योजना लागू हुने वित्तीकै सुरक्षित जीवन बीमा योजना स्वतः बन्द गर्ने भएको छ। बीमा समितिले नौलो सुरक्षित जीवन बीमा योजना लागु हुने वित्तीकै सुरक्षित जीवन बीमा योजना स्वत बन्द गर्न निर्देशन दिएको हो ।

सुरक्षित जीवन बीमा मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो । कम्पनीका अनुसार सुरक्षित जीवन बीमा योजनाका विशेषता नौलो सुरक्षित जीवन बीमा योजनाकै हुनेछ । कम्पनीका अनुसार यो सुरक्षित जीवन बीमा योजनाकै परिष्टकृत स्वरुप हो । बीमितले यस योजनाबाट अधिकतम लाभ लिन सक्ने छन् ।

Esewa
Crest

यस बीमामा १८ वर्षदेखि ७० वर्षसम्मको कुनै पनि स्वस्थ व्यक्तिले प्रवेश गर्न पाउनेछन् भने अधिकतम बीमाङ्क आफ्नो आय आर्जनको आधारमा छनोट गर्न सक्नेछन् । बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा ‘बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम प्लस आर्जित बोनश, बीमा अवधि समाप्तिमा एकमुष्ट दिइने छ ।’

बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम प्लस आर्जित बोनश एकमुष्ट रुपमा पाइनेछ । यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको अवस्थामा चालु बीमालेख अन्तर्गत बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम प्लस एडिबि सुविधा बापतको बीमाङ्क रकम प्लस आर्जित बोनश रकम एकमुष्ट भुक्तानी पाउने कम्पनीले जनाएको छ ।

यदि दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग अशक्त एडिबि/पिटिडी/पिडब्लुबि सुविका लिएका बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान विस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिने विशेषता रहेको छ ।

यस बीमा योजना अन्तर्गत बीमितहरुले केहि थप सुविधाहरु पनि पाउने कम्पनीले जनाएको छ । यस बीमा योजना अन्र्गत बार्षिक रुपमा बीमाशुल्क भुक्तान गर्दा एक प्रतिशतसम्म छुट पाउन सकिनेछ । यस बीमा योजनामा तीन वर्षको बीमाशुल्क भुक्तान गर्नुका साथै तीन वर्ष पुरा भइसकेपछि समर्पण मूल्य प्राप्त गर्नुका साथै बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९० प्रतिशतसम्म ऋण लिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS