Connect IPS
IME Life

एक साताका लागि निषेधाज्ञा, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले परिचय पत्र देखाएर आवतजावत गर्न पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले बैशाख १६ गतेदेखि एक साताका लागि अत्यावस्यक बाहेक सम्पुर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावस्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवत जावत गर्न दिने निर्णय गरेको छ ।

संचारकर्मी/पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिने निर्णय गरेको छ ।  सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने । विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर मात्र सञ्चालन गर्न पाउने ।

Prabhu
Crest

अन्तर्राष्ट्रिय उडाबाट विदेश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने भएको छ । अस्पताल आउने जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनु पर्ने अवस्थाका लागि सवारी साधन प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनु पर्ने छ ।

अत्यावश्यक खाद्य सामग्रीको हकमा

खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्वन्धि पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्रीहरुका पसल व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खुल्ला डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सञ्चालन गर्न पाइनेछ ।

खाद्य सामग्री, ग्रोसरी पसल,औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्नु पर्नेछ । काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वीन्टाइन र होम आइसोलेसन मा वस्नु पर्ने छ । अत्यावश्यक वाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगन गर्ने निर्णय गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश विश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभड-१९ महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा समेत संकमण तीव्ररुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि संकामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी बैशाख १६ गते विहान ६:०० बजे देखी बैशाख २२ गते राती १२:०० बजेसम्म काठमाडौं जिल्लाभर लागू हुने गरी आदेश जारी गरेको छ ।

सभा सम्मेलन

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने । विवाह ब्रतबन्धको हकमा बढीमा १५ जना सम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र पाइने छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्ला भित्र प्रवेशमा रोक लगाउने  निर्णय गरेको छ ।

अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाधान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टाइन. आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरि सञ्चालन गर्न पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS