IME Life New

विशाल बजारले सर्वोच्चको फैसला कार्यान्वयन नगर्दा लगानीकर्ता फस्दै, ४ अर्बको पूँजीलाई ५ करोड मात्रै देखाउदा अन्योलता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । विशाल बजार कम्पनीले सर्वोच्चको अदालतको फैसला पालना नगर्दा दोस्रो बजारका लगानीकर्ताहरु फस्ने सम्भावना बढेको छ । सर्वोच्च अदालतले कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी ४ अर्ब एक करोड कायम गरि नेपाल सरकार अर्थमन्त्रालयको नाममा शेयर लगत अभिलेख राख्न निर्देशन दिएको थियो ।

सर्वोच्च अदालतले २०६७ भदौ ५ गते र २०७२ जेठ २६ गते अर्थ मन्त्रालयको नाममा तीन अर्ब ९६ करोड रुपैयाँ बराबरको तीन करोड ९६ लाख कित्ता शेयर कायम निर्देशन दिएको थियो । नेपाल सरकारले आफ्नो लगानीको हिस्सा बराबरको सम्पत्तीको मूल्याङ्कन गरि शेयरमा दाबी गरेको थियो । विशालबजार कम्पनीको १२ रोपनी ४ आना जग्गामध्ये ८ रोपनी ४ आना जग्गामा भएको लगानीबापतमा सर्वोच्च अदालतको फैसलाअनुसार सार्वजनिक सम्पत्तिको रूपमा नेपाल सरकार, अर्थ मन्त्रालयको नाममा सेयर कायम हुने अवस्था रहेको छ ।

Crest

कम्पनी रजिष्ट्रारको कार्यालयले २०७४ अजोज १० गते विशाल बजार कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि, प्रबन्धपत्र नियमावली संसोधन गरी नेपाल सरकार, अर्थ मन्त्रालयको नाममा तीन अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर कायम गर्ने निर्णय गरेको थियो ।

यहि निर्णय अनुसार कम्पनीको चुक्ता पूँजी ४ अर्ब एक करोड कायम हुँदा अहिले विशाल बजारको वित्तीय विवरणमा देखिएको प्रतिशेयर आम्दानी घटेर १० रुपैयाँमा झर्छ । विशाल बजारले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासिक अवधिको वित्तीय विवरण अनुसार चुक्ता पूँजी ५ करोड रुपैयाँ देखाएको छ भने प्रतिशेयर आम्दानी २५० छ । जवकी सर्वोच्चको आदेश कार्यान्वयन हुने वित्तीकै कम्पनीको चुक्ता पूँजी ४ अर्ब एक करोड रुपैयाँ हुन जान्छ । यस आधारमा कम्पनीको अहिलेको नाफा अनुसार प्रतिशेयर आम्दानी ३.११ रुपैयाँ मात्रै हुनेछ ।

अहिले दोस्रो बजारमा लगानीकर्ताले कम्पनीले सार्वजनिक गरेको २५० रुपैयाँको प्रतिशेयर आम्दानीलाई हेरेर बढाबढमा शेयर खरिद गरिरहेका छन् । नेप्सेले गत बुधबार कारोबार खुला गर्ने निर्णय गरे सँगै बिहीबार र आइतबार नै सकारात्मक सर्किट लागेको छ ।

कम्पनीका अनुसार सर्वोच्चको आदेश कार्यान्वयन गर्न साधारणसभा गर्नु पर्छ । साधारणसभामा सर्वोच्चको आदेश अनुसार प्रवन्धपत्र तथा नियमावलीमा अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी परिवर्तनको प्रस्ताव पारित गर्नु पर्छ । त्यस पछि मात्रै वित्तीय विवरणमा चुक्ता पूँजी चार अर्ब एक करोड रुपैयाँ देखाउन सकिन्छ । तर साधारण शेयरधनीहरुको अवरोधका कारण विगत ४/५ वर्षदेखि कम्पनीले साधारणसभा आयोजना गर्न सकिरहेको छैन ।

लगानीकर्ताले वास्तविकता थाहा नपाउदा गलत सूचनामा शेयर कारोबार गरिरहेका छन् । विशाल बजारले विगत ७/८ वर्षदेखि आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको थिएन । तर नेपाल स्टक एक्सचेन्जले गत महिना वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै दोस्रो बजारमा कारोबार नै रोक्का गरिदिए पछि नेपाल स्टक एक्सचेन्जलाई तथ्याङ्क उपलब्ध गराएको थियो । नेप्सेले उक्त तथ्याङ्क सार्वजनिक गर्ने वित्तीकै दोस्रो बजारमा लगातार सर्किट लागिरहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी सूचिकृत अन्य कम्पनीको भन्दा आकर्षक देखिन्छ ।

सर्वसाधारण शेयरधनीले कम्पनीको साधारणसभा आयोजना गर्न रोक लगाउन्जेल लाभांस पाउन सक्दैनन् । अर्को तर्फ साधारणसभा डाक्ने वित्तीकै सर्वोच्चको फैसला कार्यान्वयन गर्नै पर्ने हुन्छ तसर्थ शेयरधनीले यथार्थ बुझेर लगानी गर्दा सबैभन्दा उपयुक्त हुन्छ ।

सर्वोच्च अदालतको निर्णय हेर्न यहाँ क्लिक गर्नुहोस्  निर्णय नं. १०२७७ – उत्प्रेषण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS