IME Life New

साप्ताहिक बीमा समीक्षाः यस साता बीमा क्षेत्रमा के के गतिविधि भए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता बीमा क्षेत्रमा विभिन्न गतिविधिहरु भए । यो साता बीमा समितिले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को जोखिम बढेसँगै सजगता र सुरक्षा अपनाई सेवालाई बीमा कम्पनीहरुलाई निरन्तर सेवा प्रवाह गर्न निर्देशन दिएको छ । `समितिले एक परिपत्र जारी गर्दै कोरोनाको दास्रो लहर नेपालमा पनि व्यापक रुपमा बढ्न गएको परिस्थितिलाई मध्यनजर गर्दै बीमा कम्पनीहरुलाई सजगता तथा सुरक्षा अपनाई बीमितहरुलाई निरन्तर रुपमा सेवा प्रवाह गर्न निर्देशन दिएको होे ।

यसै साता बीमा समितिले विगत एक वर्ष भन्दा लामो समयदेखि रोक्दै आएको बालबालिका सम्बन्धी बीमालेखहरु खुला गरिदिएको छ । समितिले नयाँ तथा पुराना बीमालेखमा पारिमार्जन गर्ने सर्त सहित फुकुवा गरेको हो । बीमा समितिले पाँच वटा नयाँ मापदण्डलाई आधार मानेर नयाँ बालबालिका बीमालेख जारी गर्न निर्देशन दिएको हो ।

Esewa
Crest

त्यस्तै , बीमा कम्पनीहरुले असार मसान्तसम्ममा अभिकर्तालाई दिएको कर्जा उठाउन नसक्ने भन्दै बीमा समितिमा गुनासो व्यक्त गरेका छन् ।बीमा समितिले बैशाख २ गते सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई असार समान्तसम्ममा अभिकर्तालाई दिएको कर्जा उठाउन निर्देशन दिएको थियो ।

यसै साता नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसनले नेप्लिज जर्नल अफ इन्स्योरेन्स एण्ड सोसल सेक्युरिटिको तेस्रो अंक प्रकाशित गरेको छ ।

त्यस्तै, इन्स्योरेन्स इन्स्टिच्युटको संचालकमा निर्मल काजी श्रेष्ठ र प्रकाश विक्रम खत्री चयन भएका छन् । इन्स्टिच्युटको दोस्रो बार्षिक साधारणसभाले संचालक समितिमा दुबैजनालाई चयन गरेको हो ।

यसै साता अजोड इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । सभाले स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपालको नियुक्तिलाई अनुमोदन गरेको छ । त्यस्तै सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने पानुदत्त पौडेल र सिर्जना सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।

यसै साता महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा टोखा नगरपालिकाका रवि राज भट्टराई नियुक्त भएका छन् । कम्पनीको बैशाख ७ गते बसेको संचालक समितिको बैठकले भट्टराईलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

यसै साता रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले न्युनतम प्रतिहजार न्युनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यसै साता नेपाली बीमा क्षेत्रकै ठुलो मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतककको परिवारलाई चार करोड रुपैयाँ बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।कम्पनीले उक्त बीमा दाबी भुक्तानी बैशाख ८ गते एक समारोहका विच बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमित हरि प्रसाद पन्तकी श्रीमती परु देवी पन्तलाई चेक हस्तान्तरण गरेका हुन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा अन्तर्गको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका सुकदेव सिग्देलको परिवारलाई बीमा दाबी वापतको १४ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको  लगायतका समाचारले यस साता प्रथामिकता पाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS