IME Life New

रिलायबल नेपाल लाइफद्धारा अहिलेसम्मकै ठुलो मृत्यु दाबी भुक्तानी, बीमितको परिवारले पाए ४ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाली बीमा क्षेत्रकै ठुलो मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बुधबार एक समारोहका विच बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमित हरि प्रसाद पन्तकी श्रीमती परु देवी पन्तलाई चेक हस्तान्तरण गरेका हुन् । पन्तले डेढ  वर्ष अगाडि ४ करोड रुपैयाँको सुलभ जीवन बीमा योजना खरिद गरेका थिए ।

पन्तले पहिलो किस्ताको रुपमा ६ लाख रुपैयाँ बराबरको बीमा शुल्क भुक्तानी गरेका थिए । पन्तको हृदयघातका कारण मृत्यु भएको हो । कम्पनी स्थापना भएको तीन वर्ष ७ महिनाको अवधिमा सबै भन्दा ठुलो रकम दाबी भुक्तानी गरिएको कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठले जानकारी दिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले  बीमा क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठुलो दाबी भुक्तानी गरिएको दाबी गरे ।

Esewa
Crest

कम्पनीको यस्तो कार्यले नेपालको बीमाको बजार अविस्वसनिय छैन भन्ने सन्देश प्रवाह भएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए । यस्ता घटनाले हाम्रो भविष्य जहिले पनि अनिश्चित छ भन्ने कुरा अवगत गराएकोले अहिले हामी सँग भएको रकम मध्ये केहि रकम भविष्यका लागि प्रयोग गर्यौ भने भोलिका दिनमा आफु नहुँदा पनि परिवारले अभाव झेल्नु नपर्ने दृष्टान्त प्रस्तुत भएको सिलवालले उल्लेख गरे ।

स्थापनाको तीन वर्ष ७ महिनामै यति ठुलो रकम दाबी भुक्तानी गर्नुले पनि बीमा कम्पनीहरु बीमा व्यवसाय गर्न सक्षम रहेको अध्यक्ष सिलवालले दाबी गरे । यस घटनाले बीमा कम्पनीले साच्चिकै व्यवसाय गर्छ भन्ने कुरा स्थापित गरेको सिलवालले बताए ।

कम्पनीले अहिलेसम्मको अवधिमा ९९ प्रतिशत भन्दा बढि दाबी भुक्तानी गरिसकेको छ । बीमा कम्पनीहरुले दाबी भुक्तानीमा आलटाल गरिरहेको अवस्थामा रिलायबलले समयमा दाबी भुक्तानी गरेकोमा धन्यवाद दिए ।

दाबी भुक्तानीबाट प्राप्त रकमलाई पुनः बीमाकै लागि प्रयोग गर्न बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सुझाव दिए । जीवनमा सधै जोखिमको सम्भावना रहिरहने भएकाले भोलिका लागि पनि बीमा गर्नु पर्ने पौडेलको सुझाव छ । पौडेलले कम्पनीलाई स्वस्थ प्रतिस्पर्धामा रहेर काम गर्न र धेरै भन्दा धेरै अभिकर्ताहरु परिचालन गरेर बीमा व्यवसाय बढाउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS