IME Life New

बीमा समितिले हकप्रदको विकृतिलाई नियन्त्रण गर्दा बीमा कम्पनीको शेयर बढ्न सकेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले हकप्रद निष्काशनको सूचनामा खेल्न खोजेको भन्दै नियन्त्रण गर्दा शेयर बजार सर्वाधिक उचाइमा पुग्दा पनि यस साता १३ कम्पनीको मूल्य गिरावट आएको छ । केहि समयदेखि बीमा कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्ने भन्दै दोस्रो बजारमा यस क्षेत्रका कम्पनीको मूल्यमा सुधार देखिदै आएको थियो ।

बीमा कम्पनीहरुले रिस्कवेस क्यापिटलका लागी पूँजी बृद्धि गर्नु पर्ने भन्दै चर्चा चल्दै आएको छ । यसै सिलसिलामा अजोड इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको घोषणा गर्यो । कम्पनीले हकप्रद शेयर निष्काशनको सूचना सार्वजनिक गर्नु अगाडि नै दोस्रो बजारमा इन्साइड ट्रेडिङ भएको भन्दै बीमा समितिले हकप्रद शेयर निष्काशनमा रोक लगाए पछि समग्र बीमा कम्पनीको मूल्य बढ्नुको साट्टो घट्न थालेको हो ।

Esewa
Crest

समितिले हकप्रद शेयर निष्काशनको सूचना सार्वजनिक गर्नु अगाडि बीमा समिति सँग स्वीकृति लिनु पर्ने भन्दै परिपत्र जारी गरेको छ । समितिको यस्तो कदमले शेयर बजारले सर्वाधिक उचाइको नयाँ रेकर्ड बनाउदा पनि बीमाको शेयर मूल्यमा भने भारि गिरावट देखिएको छ ।

यस साता नेप्से सूचक अहिलेसम्मकै धेरै २७३५ अंक पुगेको छ । सूचकमा सुधार सँगै बजार पूँजीकरण पनि अहिलेसम्मकै सबैभन्दा धेरै ३७ खर्ब ८७ अर्ब रुपैयाँ कायम भएको छ । यस साताको अन्तिम दिन अधिकाम्स बीमा कम्पनीको शेयर मूल्यमा सुधार देखिए पनि साप्ताहिक रुपमा हेर्ने हो भने १३ वटा बीमा कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १६ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ ।

गएको साता दोस्रो बजारमा सूचिकृत ज्योति लाइफको शेयर मूल्यमा सर्वाधिक धेरै सुधार देखिएको छ । ज्योतिको शेयर मूल्य ३२ प्रतिशतले बढेर ५६५ रुपैयाँ कामय भएको छ । यस साता एशियन लाइफ, गुराँस लाइफ, नेशनल लाइफ, प्राइम लाइफ, रिलायन्स लाइफ, सूर्य लाइफ, अजोड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको शेयर मूल्यमा सुधार देखिएको हो ।

शेयर बजारको पछिल्लो बुलमा बीमा कम्पनीहरु भन्दा पनि बैंक तथा वित्तीय संस्थाले पुस ‘जोड’ गरिरहेका छन् । बैंक तथा वित्तीय संस्था लगायत दोस्रो बजारमा सूचिकृत कम्पनीहरुले तेस्रो त्रैमाशिक वित्तीय विवरण अवको केहि साता भित्रमा प्रकाशित गरिसक्छन् । बैंकहरुले बैशाख १५ गते भित्रमा वित्तिय विवरण सार्वजनिक गरिसक्नु पर्छ । कतिपय बाणिज्य बैंकहरुले नाफा यस त्रैमाशमा धेरै नै बढेर आउने अनुमानले पनि दोस्रो बजारलाई बढाउन मद्दत गरिरहेको छ । तेस्रो त्रैमाशिक वित्तीय विवरण हेरेर यस आर्थिक वर्षको मुनाफाबाट कम्पनीले कतिसम्म लाभांस दिन सक्छ भन्ने प्रक्षेपण गर्न सकिने भएकाले पनि हरेक वर्ष बैशाख महिनामा शेयर बजारमा उल्लेख सुधार देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS