IME Life New

युनिभर्सल पावर कम्पनीले स्थानियको लागि २१ लाख ३५० कित्ता आइपीओ ल्यायो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

युनिभर्सल पावर कम्पनीको २१ लाख ३५० कित्ता आइपीओ खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्रीमा ल्याएको हो । यसमा दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म भर्न पाइनेछ । सिटिजन्स बैंक, एनआइसी एसिया, सिद्धार्थ र कृषि विकास बैंक तथा महालक्ष्मी विकास बैंकको चरिकोट शाखाबाट आइपीओ भर्न सकिन्छ । यस्तै, सिन्धु विकास बैंकको मुडे, चरिकोट र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरिशंकर शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था छ ।
युनिभर्सलले दोलखा जिल्लामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
यसको जारी पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ छ । स्थानीयलाई बेचेपछि सर्वसाधारणका लागि आइपीओ खुला हुनेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS