IME Life New

युनिभर्सल पावर कम्पनीले स्थानियको लागि २१ लाख ३५० कित्ता आइपीओ ल्यायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

युनिभर्सल पावर कम्पनीको २१ लाख ३५० कित्ता आइपीओ खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्रीमा ल्याएको हो । यसमा दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म भर्न पाइनेछ । सिटिजन्स बैंक, एनआइसी एसिया, सिद्धार्थ र कृषि विकास बैंक तथा महालक्ष्मी विकास बैंकको चरिकोट शाखाबाट आइपीओ भर्न सकिन्छ । यस्तै, सिन्धु विकास बैंकको मुडे, चरिकोट र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरिशंकर शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था छ ।
युनिभर्सलले दोलखा जिल्लामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
यसको जारी पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ छ । स्थानीयलाई बेचेपछि सर्वसाधारणका लागि आइपीओ खुला हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS