IME Life New

यूनियन लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७२ रुपैयाँसम्म बोनस पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७५/२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको चैत २० गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने ( बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमालेखहरुमा उक्त बोनशदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

सावधिक तथा बालबच्चा सावाधिक जीवन बीमा योजना
कम्पनीले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि ७२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको सावधिक तथा बालबच्चा सावाधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३० रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३६ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ३९ रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ ।

Crest

कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको मात्रै ८ हजार ७ सय २१ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३६ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सिमित भुक्तानी सावधिक जीवन बीमा योजना(एकल)
सिमित भुक्तानी सावधिक जीवन बीमा योजना(एकल)को हकमा कम्पनीले न्युनतम २७ रुपैयाँदेखि ४० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि प्रति हजार २९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३२ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ४० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीकोे यस बीमालेख १० देखि १४ वर्ष अवधिको सात सय ९३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २७ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सिमित भुक्तानी सावधिक जीवन बीमा योजना
सिमित भुक्तानी सावधिक जीवन बीमा योजनाको हकमा पनि कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि पनि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको २ सय १७ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावाधिक तथा आजीवन जीवन बीमा योजना
कम्पनीको सावाधिक तथा आजीवन जीवन बीमा योजनाको हकमा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ४२ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५२ रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ७२ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले यस बीमालेख १५ देखि १९ वर्ष अवधिको १८ सय ५ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४७ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सिमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजना
सिमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजनाको हकमा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ५० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना
वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनाको हकमा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार २० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार २८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार २८ रुपैयाँ बोनसदर कायम भएको छ ।

कम्पनीको यस बीमालेख २० देखि २४ वर्ष अवधिको १० हजार ४ सय ४२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २८ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना
अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनाको हकमा १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार २८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ३१ रुपैयाँ बोनसदर कायम भएको छ । त्यस्तै, २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार २० रुपैयाँ बोनसदर कायम भएको छ ।

कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ११ सय ९९ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २८ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS