काठमाडौं । नेपाल बंगलादेश बैंकले कर्मचारी बचत खाता खोल्ने ग्राहकको सुरक्षणका लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम भुक्तानी गरेको छ ।
बैंकले स्व. भोजबहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतको दुर्घटना बीमाबापतको १५ लाख रुपैयाँ प्रदान गरेको हो ।
बस्नेतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको श्रमिक भई काम गर्दा बैंकको बाह्रबिसे शाखामा खाता खोली कारोबार गर्दै आएका थिए । १५ लाख रुपैयाँको चेक बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले बस्नेतकी श्रीमती पार्वतीलाई हस्तान्तरण गरे ।
हाल बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।