IME Life New

यातायात ब्यवश्था विभागको प्रस्ताव, दुर्घटना बीमा रकममा वृद्धि गर्नु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

यातायात ब्यवस्था विभागले दुर्घटनामा उपचार तथा क्षतिपूर्ति बीमा बापत पीडित तथा परिवारले पाउने बीमा रकममा वृद्धि गर्ने प्रस्ताव गरेको छ ।

विभागले कम्पनीका सवारी दुर्घटना हुँदा लाग्ने खर्च बीमाबाटै भुक्तानी गर्न पुग्ने गरी बीमांक रकम वृद्धिको प्रस्ताव गरेको छ । हाल यस्तो क्षतिपूर्ति रकम ५ लाख रुपैयाँ रहेको छ । विभागले दुर्घटनामा मृत्यु भएकाहरुको परिवारलाई बीमा बापतको रकम १० लाख बनाउन प्रस्ताव गरेको हो ।

Esewa
Crest

हाल दुर्घटनामा घाइते भएकाहरुको उपचारमा लाग्ने खर्च यातायात समितिहरुले बेर्होर्दै आईरहेका छन् । यातायात समितिहरु फागुन मसान्त पछि सबै कम्पनीमा परिणत हुनेछन् ।

यस्तै घाइतेको उपचारका लागि बीमा कम्पनीले ६ लाखसम्म बेहोर्ने गरी बीमा रकम बढाउन प्रस्ताव गरिएको विभागकले बताएको छ ।

हाल सवारी दुर्घटनामा घाइते भएकाहरुको उपचारमा ३ लाख रुपैयाँ खर्च मात्रै बीमा कम्पनीले बेहोर्ने गरेका छन् ।

अब दुर्घटनामा परेर टाउको तथा नसा सम्बन्धी गम्भीर बिरामी भएकाहरुको उपचारमा १५ लाखसम्म बीमा कम्पनी बाटै खर्च गर्ने गरी नयाँ बीमा नीति बनाउने विभागको प्रस्ताव रहेको छ ।

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले पनि यस विषयमा अध्ययन गर्न समिति गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS