IME Life New

वर्ष २०७७ मा कतिले बढ्यो नेप्से परिसूचक? कस्तो रह्यो प्रवित्ति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०७७ नेपाली दोश्रो बजारको लागि निकै सुखत र राम्रो रह्यो । एक वर्षको अवधिमा नेप्से परिसूचकले इतिहास बनाँउदै ११६ प्रतिशतको वृद्धि हासिल गर्न सफल भएको छ । वर्ष २०७६ मा कोरोना संक्रमणले गर्दा शेयर बजार चैत्र ९ गते पछि बन्द भएको थियो। उक्त दिन नेप्से परिसूचक १२५१ दशमलव ४५ को विन्दुमा बन्द भएकोमा वर्ष २०७७ मा नेप्से परिसूचक २७१४ दशमलव ७९ को विन्दुमा बन्द भएको छ। वर्ष सकिँदै जाँदा बजारमा बुलिस प्रवित्ति देखिएको थियो । परिसूचकमा १४६३ अंकको वृद्धि देखिएको छ।

वर्षको सुरुवातमा बजार विस्तारै वृद्धि भएकोमा त्यस पश्चात भने आक्रामक रुपमा बजार वृद्धि भएको थियो। वर्षको अन्त्य तर्फ थोरै करेक्सन आएको देखिए पनि वर्ष अन्त्य हुँदा भने उच्च विन्दुमा नै बजार बन्द भएको देखिन्छ।

Esewa
Crest

जुन २९, २०२० मा नेप्से परिसुचक न्यून विन्दु ११८८ दशमलव ७० को विन्दुमा बन्द भएको थियो भने यो वर्षकै उच्च विन्दु र अन्तिम विन्दु एउटै रहेको छ।

निकै लामो समय देखि बियरिसमा रहेको नेपाली बजारले यो वर्षबाट बुलिस प्रवित्ति समातेको छ। कोरोना संक्रमणले गर्दा बैंकको व्याज घट्नाले समस्त दोश्रो बजारमा नै सकारात्मक असर पुगेको हो । त्यस्तै लगानीको अन्य क्षेत्र खासै सहज नभएकोले पनि शेयर बजारमा पुँजी भित्रिएको हो ।

प्राथमिक बजार मार्फत शेयर आवेदन दिने लगानीकर्ताको संख्या १८ लाख पुग्नु र ठूला ठूला बजार पुँजीकारण भएका कम्पनी जस्तै नेपाल पुनर्बीमा कम्पनी, निफ्राले पनि दोश्रो बजारमा राम्रो प्रदशन गर्दा नेप्से परिसुचक वृद्धि गर्नमा थोरै भए पनि सहयोग पुगेको देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS