IME Life New

८ महिनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन साढे ५३ अर्ब माथि, नेपाल लाइफ अग्रस्थानमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले ८ महिनाको अवधिमा साढे ५३ अर्बमाथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङ्क अनुसार ८ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ५३ अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

समितिको तथ्याङ्क अनुसार फागुन मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सले नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा १६ अर्ब ५६ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको हो । दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल रहेको छ । कम्पनीले ८ महिनाको अवधिसम्ममा ८ अर्ब ५७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

त्यस्तै, तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले फागुन मसान्तसम्ममा ५ अर्ब ९४ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी, समिक्षा अवधिमा नेशनल लाइफले ५ अर्ब १९ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब ६० करोड रुपैयाँ, मेट लाइफले २ अर्ब ५३ करोड रुपैयाँ, यूनियन लाइफले २ अर्ब ३० करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब ७८ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ५० करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ४८ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, समितिको तथ्याङ्क अनुसार सिटिजन लाइफले ९० करोड रुपैयाँ, ज्योति लाइफले ७८ करोड रुपैयाँ, आइएमई लाइफले ७८ करोड रुपैयाँ, रिलायन्स लाइफले ६९ करोड रुपैयाँ, सन नेपाल लाइफले ६६ करोड रुपैयाँ, रिलायबल लाइफले ५२ करोड रुपैयाँ, सानिमा लाइफले ४५ करोड रुपैयाँ, प्रभु लाइफले ३६ करोड रुपैयाँ र महालक्ष्मी लाइफले २० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Source :Beema Samiti

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS