IME Life New

साप्ताहिक बीमा समीक्षाः यस साता जीवन तथा निर्जीवन बीमा क्षेत्रमा के के गतिविधि भए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता बीमा क्षेत्रमा विभिन्न गतिविधिहरु भए । यस साता बीमा व्यवसायको लागि निकै महत्वपूर्ण रह्यो । जीवन बीमा क्षेत्रमा हेर्ने हो भने बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई विभिन्न निर्देशन दिनुका साथै दाबी भुक्तानी, अभिकर्ता तालिम लगायतका समाचारले प्रथामिकता पाए । त्यसैगरी निर्जीवन बीमा क्षेत्रमा अजोड इन्स्योरेन्सले इन्साइडर कारोबार गरेको गुनासो पछि धितोपत्र बोर्डमा अध्ययनका लागि उपसमिति गठन, कोरोना बीमा दाबीका लागि बीमा समितिले अर्थमन्त्रालयसँग तीन अर्ब मागेको,समितिको निर्देशन पछि अजोडले हकप्रदको विशेष प्रस्ताव फिर्ता लिएको समाचारले प्रथाकिता पायो ।

जीवन बीमा क्षेत्रमा भएका गतिविधी
यस साता जीवन बीमा क्षेत्रमा विविध कार्यक्रम भएका छन् । जीवन बीमा क्षेत्रतर्फ बीमा समितिले एकल बीमा पोलिसी तीन वर्षसम्म समर्पन(सरेण्डर) नगर्न सबै जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा समितिले सबै जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै अबदेखि एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी भएका बीमालेखहरु अन्तर्गत बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भए पश्चात मात्रै समर्पण मूल्य तथा बीमालेख धितोमा कर्जा प्रदान गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

Esewa
Crest

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर खण्डीकरण(स्टक स्प्लिट) नगर्न निर्देशन दिएका छ । अहिले प्रति कित्ता एक सय रुपैयाँबाट ५० रुपैयाँमा झार्नु पर्ने स्पष्ट शैद्धान्तिक उद्देश्य नदेखिए पछि रोक लगाउनु पर्ने देखिएको समितिले जनाएको छ

यता, सम्पुर्ण बीमा कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्ने सूचना सर्वजनिक गर्नु अगाडि बीमा समिति सँग स्वीकृति लिनु पर्ने निर्देशन दिएको छ । यसअघि यस्तो व्यवस्था थिएन । अब भने सबै कम्पनीहरुले शेयर सँग सम्बन्धित जुनसुकै योजना अगाडि सार्नु अगाडि समितिको अनुमति लिनु पर्ने भएको हो ।

त्यसैगरी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको दावी भुक्तानी रकम ३० लाख रुपैयाँ प्रदान गरेको छ भने एशियन लाइफ इन्स्योरेन्स कम्पनीले तेह्रौ बर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको अवसरमा साप्ताहिक रुपमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

उता, ज्योलि लाइफले आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा ब्लु बर्ड इन्टरनेशनल क्लिनिकसँग बिभिन्न स्वास्थ्य परीक्षण, उपचार तथा बीमाका सेवामा साझेदारी गर्ने सम्बन्धमा सोमबार सम्झौता गरेको छ भने अजोड इन्स्योरेन्सले यसै साता कृषि तथा पशुपंक्षी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

निर्जीवन बीमा क्षेत्रमा भएका गतिविधि
जनरल इन्स्योरेन्स कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ भने अजोड इन्स्योरेन्स कम्पनीले इन्साइडर कारोबार गरेको विषयमा उजुरी परे पछि नेपाल धितोपत्र बोर्डले निर्देशकको संययोजकत्वमा उपसमिति गठन गरेको छ । उता, अजोड इन्स्योरेन्स कम्पनीले बीमा समितिको निर्देशन पछि ५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव फिर्ता लिएको छ ।

यसै साता नेपाल चलचित्र निर्देशक समाज र एनएलजी इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । बीमा समितिले कोरोना बीमा दाबी भुक्तानीका लागि अर्थमन्त्रालय सँग तीन अर्ब रुपैयाँ माग गरेको छ । साथै, ४० प्रतिशत हकप्रद र लाभांशको प्रस्ताव सहित आइएमई जनरल इन्स्योरेन्सले बैशाख १२ गते २३औं वार्षिक साधारण सभा गर्ने भएको छ ।

त्यस्तै, प्रिमियर इन्स्योरेन्सको २७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट ११ दशमलब ०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बैशाख २६ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS