IME Life New

साप्ताहिक बीमा समीक्षाः यस साता जीवन तथा निर्जीवन बीमा क्षेत्रमा के के गतिविधि भए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता बीमा क्षेत्रमा विभिन्न गतिविधिहरु भए । यस साता बीमा व्यवसायको लागि निकै महत्वपूर्ण रह्यो । जीवन बीमा क्षेत्रतर्फ बीमा समितिले स्वतन्त्र सञ्चालक नियुक्त नगर्ने ५ बीमा कम्पनीलाई यथासिघ्र नियुक्त गर्न निर्देशन दिएसँगै, सिटिजन लाइफद्वारा संचालित “विद्यार्थीसँग बीमा” कार्यक्रम लोकप्रिय बन्दै, दाबी भुक्तानी लगायतका समाचारले प्रथामिकता पाए ।

उता निर्जीवन बीमा क्षेत्रमा यूनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपसना पौडेलको नाम प्रस्ताव, अजोड इन्स्योरेन्सले इनसाइडर ट्रेडिङ गरेको आरोपमा अपराध अनुसन्धान महाशाखामा उजुरी, संचालक नियुक्त, अजोड इन्स्योरेन्सले इनसाइडर ट्रेडिङ गरेको आरोपमा अपराध अनुसन्धान महाशाखामा उजुरी लगायत समाचार लोकप्रिय भए ।

Esewa
Crest

जीवन बीमा क्षेत्रमा भएका गतिविधी
यस साता बीमा समितिले स्वतन्त्र सञ्चालक नियुक्त नगर्ने ५ बीमा कम्पनीलाई यथासिघ्र नियुक्त गर्न निर्देशन दिएको छ । समितिले गत फागुन १९ गते स्वतन्त्र सञ्चालक नियुक्त नगर्ने ५ कम्पनीलाई १५ दिन भित्र नियुक्त गर्न निर्देशन दिएको थियो । तर समितिले दिएको एक महिनाको म्याद बितिसक्दा पनि कम्पनीहरुले स्वतन्त्र सञ्चालक नियुक्त गर्न सकेका छैनन् । अब भने समितिले यथासिघ्र वतन्त्र सञ्चालक नियुक्त गर्न भनेको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा २०७७ फागुन मसान्तससम्म बीमाशुल्क भुक्तानी गनुपर्ने मितिले ६ महिना ननाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु २०७७ चैत १५ गते देखि २०७८ बैशाख १५ गतेसम्म पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा छुट दिने भएको कम्पनीले जनाएको छ ।

यसै साता सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवा एरिया अन्तर्गत रहेका भैरहवा शाखा र भलवारी शाखाद्धारा बुटवल—भैरहवाकोबीच सून्दर नगरी तिलोत्तमा नगरपालीका वडा नं। ६ मा रहेको द हिडन प्यालेस होटलमा बीमित सम्मान कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै, सन नेपाल लाइफले लम्किचुहा न.पा. २ कैलाली स्थित मृतक चेतन जैसीको मासिक आय सुविधा वापत ४० हजार रुपैयाँ किरिया खर्च वापत ५० हजार रुपैयाँ किरिया खर्च वापत ५० हजार रुपैयाँ गरि कुल ९० हजार रुपैयाँ बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

यस साता ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल नियुक्त भएको छ । आज ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआइसी एशिया क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ ।

निर्जीवन बीमा क्षेत्रमा भएका गतिविधि
यूनाइटेड इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने भएको छ । कम्पनीले बीमा समितिको सैद्धान्तिक स्वीकृति तथा कम्पनीको २६औँ वार्षिक साधारण सभाको निर्णय बमोजिम संस्थापक शेयरको अनुपात ६० प्रतिशत रहेकोमा ५१ प्रतिशतमा कायम गर्ने भएकाले सोही अनुपातमा सम्पूर्ण संस्थापक शेयरधनीहरुको संस्थापक शेयर कायम गरी बाँकी रहेको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने जनाएको छ ।

यसै साता प्रिमियर इन्स्योरेन्स कम्पनीको संचालक पदमा महेन्द्र बहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको समुह ख अन्तर्गत प्रतिनिधित्व गर्ने संचालक पदका श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ ।

यता यूनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गरेको छ । बीमा समितिले गत फागुन २९ गते प्रमुख कार्यकारी अधिकृत नभएका ५ बीमा कम्पनीका अध्यक्षहरुलाई एक महिना भित्रमा नियुक्त गर्न पत्र काटेको थियो सोही अनुसार पौडेललाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सिफारिस समिति पठाएको छ ।

त्यस्तै, यस साता नै अजोड इन्स्योरेन्स कम्पनीले बैशाख ७ गते तेस्रो वार्षिक साधारणसभा गर्ने घोषणा गरेको छ । कम्पनीले साधारणसभामा चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ । कम्पनीले यसै वर्ष सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो ।

यस साता शिखर इन्स्योरेन्सले मौसम सुचकांकमा आधारित स्याउ खेतीको बीमा गरेका कर्णालीका किसानलाई साढे २ करोड ५५ लाख बराबरको दाबी रकम भुक्तानी गरेको छ । माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगुका गरी १ हजार ३ सय ९१ जना किसानलाई २ करोड ५५ लाख दाबी भुक्तानी हस्तान्तरण गरिएको कम्पनीले जनाएो छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS