IME Life New

बीमा कम्पनीहरुलाई आफै नियमन भित्र रहन समितिका अध्यक्ष सिलवालको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरु सँग समसामयिक विषयमा आयोजित अन्तर्क्रिया तथा छलफल कार्यक्रममा बीमा समितिमा अध्यक्ष सिलवालले कम्पनीहरुलाई आफै अनुसासनमा बस्न अनुरोध गरेका छन् ।

शुक्रवार भएको छलफलमा अध्यक्ष सिलवालले कम्पनीहरुलाई संस्थागत सुशासनलाई अक्षरस पालना गर्न निर्देशन दिएका छन् । कम्पनीहरु आफै अनुसासनमा बसेमा बीमा समितिले कारबाही गर्नै पर्ने अवस्था नआउने उनको तर्क थियो । कम्पनीहरुलाई नै सम्पुर्ण अधिकार दिइएको र आफुल पाएको अधिकारको दुरुपयोग नगर्न उनले अनुरोध गरेका छन् ।

Esewa
Crest

कम्पनीहरुले खरिद गर्ने गाडी तथा अन्य सामाग्री खरिद गर्नु अगाडि बीमा समिति सँग अनुमति लिनु नपर्ने व्यवस्था गरिएको भन्दै अध्यक्ष सिलवालले कम्पनीहरुलाई मितव्ययी भएर खर्च गर्न अनुरोध गरेका छन् ।

कार्यक्रममा जीवन बीमक संघका अध्यक्ष निर्मल काजी श्रेष्ठले नियामक निकाय बीमा कम्पनीहरु मिलेर अगाडि बढ्नु पर्ने बताएका थिए । बीमा क्षेत्रको विकासका लागि सबै जनाको योगदान रहनु पर्ने श्रेष्ठको तर्क थियो।

कार्यक्रममा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनीका अध्यक्ष तथा बिमा समितिका निर्देशकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले वर्तमान अवस्थामा जीवन बीमाको अवस्थाको वारेमा प्रतस्तुति दिएका थिए ।

सिलवाल अध्यक्ष भएर आए पछि पहिलो पटक जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्षहरु सहित यो पहिलो कार्याक्रम हो । अध्यक्ष सिलवालले बीमा क्षेत्रमा देखिएका समस्या तथा बिकृति अन्त्यका लागि केहि समय लाग्ने र आफै ट्र्याकमा आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS