Connect IPS
IME Life

ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड, १२ लाख ४८ हजार आवेदकको हात खाली

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा एक कार्यक्रमबीच आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरेको छ ।

Prabhu
Crest

आईपिओमा कुल १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको छ । कुल आईपिओमा १७ लाख ९७ हजार ८ सय ३५ जनाले ३ करोड ५८ लाख ९९ हजार कित्ताका लागि रितपुर्वक आवेदन परेको छ ।

४१ हजार ७ सय ३ जनाको आवेदन बैंकिङ प्रणालीबाटै आवेदन रद्ध भएको छ । उनीहरुको बैंक खातामा पैसा नहुँदा आवेदन रद्ध भएको विक्री प्रबन्धकले जनाएको छ ।

रितपुर्वक परेको १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड गरिएको छ । जसमा ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका छन् । आवेदन दिएका मध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएको जनाएको छ ।

प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । जसमा संस्थापक समुहको ७० प्रतिशत र सर्वसाधारण समुहको ३० प्रतिशत हुनेछ । आईपिओको नतिजा मेरो शेयर तथा सिडिएससीको प्राथमिक शेयरको नितिजा हेर्ने छुट्टै वेवसाइट iporesult.cdsc.com.np बाट पनि हेर्न सकिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS