IME Life New

जीवन बीमा गर्दा आयकरमा एक लाख ५० हजार रुपैयाँसम्म छुट दिन माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। जीवन बीमा कम्पनीहरुले एक लाख ५० हजार रुपैयाँसम्म आयकर छुटको माग गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा सुझाव दिने क्रममा जीवन बीमा कम्पनीहरुले जीवन बीमा गर्ने व्यक्तिलाई वार्षिक एक लाख ५० हजार रुपैयाँ आयकर छुट दिने व्यवस्थाको माग गरेका हुन् ।

बीमा समितिले आयोजना गरेको कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, अभिकर्ता तथा सर्भेयरहरुहरुले आ-आफ्नो तर्फबाट सुझाव तथा माग राखेका थिए । जीवन बीमा कम्पनीहरुले भने व्यवसाय प्रवर्द्धनका लागि कर छुट दिनै पर्ने बताएका थिए ।

Esewa
Crest

नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्ना कार्यक्रमहरु प्रस्तुत गर्न निर्देशन दिए पछि सम्बन्धित सरोकारवालाहरु सँग सुझाव संकलन गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

छलफलमा सरकारी भवन तथा पुरातात्विक भवनको बीमा कसरी गर्ने भन्ने विषयमा पनि सुझाव माग गरिएको थियो ।  यसका लागि केहि समय अगाडि नेपाल सरकारले मोडालिटी तयार पार्न समितिलाई अनुरोध गरेको थियो । सरकारले प्रिमियम भुक्तानी गर्ने हो भने यसमा मोडालिटी तयार पार्न कुनै पनि समस्या नभएको बीमकहरुले सुझाएका छन् ।

अहिलेको कोरोना बीमा पोलिसीलाई स्वास्थ्य बीमाको रुपमा निरन्तरता दिन बीमकहरुले सुझाव दिएका छन् । कोरोना संक्रमण पुष्टी हुने वित्तीकै दाबी पाउने भन्दा पनि कोरोना संक्रमण पछिको उपचार हुने गरि दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउन उनिहरुले सुझाव दिएका छन् ।

बीमा कम्पनीहरुले जीवन तथा निर्जीवन बीमाको करलाई समान बनाउन सुझाव दिएका छन् । हाल जीवन बीमा कम्पनीहरुले ‘कर्पोरेट ट्याक्स’ २५ प्रतिशत तिर्दै आएका छन् भने निर्जीवन बीमा कम्पनीहरुले ३० प्रतिशत तिर्दै आएका छन् । बीमा कम्पनीहरुले भने यसलाई समान गर्न माग गरेका हुन् ।

माइक्रोपोलिसीहरुलाई थप प्रोत्साहन दिने कार्यक्रम ल्याउन बीमकहरुले माग गरेका छन् । माइक्रोपोलिसीहरु स्थानीय सरकार अन्तर्गत पर्ने भएकाले यसमा संघिय सरकार, स्थानीय सरकार र बीमा समितिको समन्वय हुनु पर्ने बीमकहरुको सुझाव छ ।

माग मात्रै सुनुवाइ भने हुँदैन

बीमा कम्पनीहरुले हरेक वर्ष कर छुटको सिमा बढाउने माग राख्दै आएका छन् । तर उनिहरुले राखेको मागमा खासै संवोधन भने हुँदैन । सरकारले प्रत्यक्ष रुपमा आम्दानी हुने करमा छुट दिदा सरकारको आम्दानी घट्दै भन्दै माग संबोधन गर्ने गरेको छैन ।

बीमकहरुका अनुसार यदि सरकारले कर छुटको सिलिङ निर्धारण गरिदिने हो भने सरकारको करको क्षेत्र थप विस्तार हुन्छ । बीमितले कर छुट पाउदा सरकारले पाउने पहिलो करमा कमि आए पनि बीमा कम्पनीले आर्जन गरेको प्रिमियम बढ्ने र लगानीको स्रोत जुट्ने उनिहरुको तर्क छ । बीमा मार्फत ठुलो रकम स्रोतको रुपमा जुट्छ । बीमा कम्पनीहरुले जति धेरै बीमा शुल्क आर्जन गर्न सक्छन्, लगानी गर्ने दायरा पनि ठुलो हुन्छ ।

आयकरको सिमा बढाएर बीमितलाई आकर्षित गर्न सकियो भने कर घटाउनुको साटो बढ्ने उनिहरुको विश्लेषण छ । कम्पनीहरुले संकलन गर्ने बीमा शुल्कबाट ठुला ठुला पुर्वाधारमा लगानी गर्न सकिन्छ । अर्को तर्फ बीमितले भुक्तानी गरेको प्रिमियम अन्य क्षेत्रमा लगानी गरेर प्राप्त हुने आम्दानीबाट सरकारलाई कर भुक्तानी हुने भएकाले बीमितलाई आकर्षित गर्न कर छुटको प्रावधान आवस्यक पर्ने उनिहरुको सुझाव छ ।

अभिकर्ताले पहिलो प्रिमियमबाट आर्जन गर्ने कमिसनको १५ प्रतिशत कर भुक्तानी गर्ने भएकाले सरकारलाई आयकरको सिलिङ घटाउदैमा घाटा नहुने बीमकहरु बताउछन् । यदि बीमामा प्रोत्साहन गर्ने हो भने सरकारले कर गुमाउने भन्दा बढाउने उनिहरु बताउछन् ।

निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले पनि घर तथा सम्पत्तीको बीमा गर्दा कर छुट पाउने व्यवस्था गर्न माग गरेका छन् । बीमाको दायरा फराकिलो बनाउन सरकारले थप कार्यक्रमहरु ल्याउनु पर्ने उनिहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS