IME Life New

महालक्ष्मी विकास बैंकको सिइओमा बोधराज देवकोटा, सिटिजन्स बैंकमा १४ वर्षको अनुभव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन्। केहि दिन अगाडि सिटिजन्स बैंक इन्टरनेशनल छाडेका देवकोटा महालक्ष्मी विकास बैंकको सिइओ भएका हुन्। आइतबार बसेको सञ्चालक समितिको बैठकले चार वर्षका लागि देवकोटालाई नियुक्त गरेको हो।

देवकोटाले सिटिजन्स बैंकमा १४ वर्ष काम गरेका थिए। उनले बैंकमा म्यानेजरको पदबाट सेवा सुरु गरि नायव प्रमुख कार्यकारी पदमा दुई वर्ष काम गरेका थिए। उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा एमफिल डिग्री हासिल गरेका छन्।

Esewa
Crest

महालक्ष्मी विकास बैंकबाट कृष्णराज लामिछानेले गत साउन एक गते राजिनामा दिएका थिए। लामिछानेले राजिनामा दिए सँगै अहिलेसम्म बैंकको प्रमुख कार्यकारी अधिकृत पद खाली थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS