IME Life New

एलआईसीका अभिजित घोष र सिइओ लक्ष्मी प्रसादले बुझे वार्षिक एक करोड ६० लाख तलब भत्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका यस अघिका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदार र हाल कायम प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले वार्षिक एक करोड ६० लाख रुपैयाँ तलब भत्ता लिएका छन्। उनीहरुले आर्थिक वर्ष २०७५/७६ मा तलब भत्ता तथा अन्य सुविधा बापत उक्त रकम बुझेका हुन्।

२०७५ माघसम्म कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत दस्तिदारले एक करोड ५ लाख रुपैयाँ तलब भत्ता तथा अन्य सुविधा लिएका थिए। यसका साथै उनले सञ्चालक समितिको बैठक भत्ता बापत ६० हजार रुपैयाँ लिएका छन्।

Esewa
Crest

उनको कार्यकाल सकिए पछि २०७५ माघ १५ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका लक्ष्मी प्रसाद दासले यस आर्थिक वर्षमा ५८ लाख ८५ हजार ७३८ रुपैयाँ तलब भत्ता बुझेका छन्। कम्पनीले मंगलबार १८ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभामा प्रस्तुत भएको वार्षिक लेखापरिक्षण प्रतिवदेन अनुसार आर्थिक वर्ष २०७५/७६ मा कम्पनीको संचालकहरु प्रमुख कार्यकारी अधिकृत तथा अन्य पदाधिकारीहरुले तीन करोड ९ लाख रुपैयाँ बुझेका छन्। सञ्चालकहरु मध्ये सबैभन्दा धेरै भत्ता कुमार विष्टले एक लाख रुपैयाँ प्राप्त गरेका छन्।

कम्पनीको सञ्चालक समितिमा भारतीय जीवन बीमा निगम ‘एलआइसी इन्डिया’ बाट प्रतिनिधित्व गर्ने ५ जनाले प्राप्त गर्ने सञ्चालक भत्ता आफुले लिन पाउदैनन्। उनिहरुले प्राप्त गर्ने सञ्चालक समिति बैठक भत्ता निगमको नाफामा जोडिने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS