काठमाडौँ । नेपाल राष्ट्र बैंकले १२ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि १२ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
आज ३ बजे बोलकबोल भएर फागुन २५ गते, ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ । उक्त ट्रेजरी बिल २०७८ साल जेठ २५ गते परिपक्क हुने बैंकले जनाएको छ ।