IME Life New

शेयर बजारमा एक महिनामै भित्रिए ४४ हजार ४२८ नयाँ लगानीकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। दोस्रो बजारमा लगातारको सुधार सँगै पछिल्लो एक महिनामा ४४ हजार ४२८ जना नयाँ लगानीकर्ता भित्रिएका छन्। नेपाल इन्फ्राष्ट्रक्चर बैंक लगायका केहि कम्पनीको प्राथमिक शेयर मार्फत दोस्रो बजारमा नयाँ लगानीकर्ता भित्रिएका हुन्।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबारसम्ममा दोस्रो बजारमा ५ लाख ९४ हजार सक्रिय लगानीकर्ता छन्। ठिक एक महिना अगाडि दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या ५ लाख ५० हजार थिए। यस अवधिमा नेपाल इन्फ्राष्ट्रक्चर लगायत केहि नयाँ कम्पनीको प्राथमिक शेयरमा १५ लाख भन्दा बढिको आवेदन परेको थियो। यहि मध्ये केहि लगानीकर्ता दोस्रो बजारमा पनि प्रवेश गरेका हुन्।

Esewa
Crest

प्राथमिक बजारका लागि डिम्याट खाता खोल्नेको संख्या पनि बढिरहेको छ। सिडिएससीका अनुसार डिम्याट खाता ३० लाख ६१ हजार पुगेको छ। दोस्रो बजारमा लगातार सुधार भैरहेको छ। बजारमा सुधार सँगै लगानीकर्ताहरुले दैनिक करोडौ रुपैयाँको पोर्टफेलियो बढाइरहेका छन्। साथै कतिपय लगानीकर्ताले राम्रो मुनाफा पनि आर्जन गरिरहेका छन्।

दोस्रो बजारमा अनलाइन शेयर कारोबार लागि युजरनेम र पासवर्ड लिएका मध्ये ५० प्रतिशत लगानीकर्ता मात्रै सक्रिय हुने गरेका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार ४ लाख ४५ हजारले अनलाइन कारोबारका लागि ब्रोकर कार्यालयबाट युजरनेम र पासवर्ड लिएका छन्। तर उनिहरु मध्ये २ लाख २२ हजार मात्रै दोस्रो बजारमा सक्रिय रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

हाल दोस्रो बजारमा ५ लाख ९४ हजार जना सक्रिय लगानीकर्ता रहेका छन्। उनिहरु मध्ये ७४.८६ प्रतिशतले शेयर कारोबारका लागि अनलाइन सुविधा लिएका छन्। ठिक एक महिना अगाडि अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड लिनेको संख्या तीन लाख ७६ हजार जना थिए। उनिहरु मध्ये एक लाख ९५ हजार मात्रै सक्रिय थिए तर एक महिनाको अवधिमा यस्तो संख्या २६ हजार ५८० जनाले बढेका छन्।

सबैभन्दा धेरै सक्रिय अनलाइन प्रयोगकर्ता नासा सेक्युरिटिजमा रहेका छन्। नासामा २१ हजार १८५ जना सक्रिय अनलाइन प्रयोगकर्ता छन्। त्यस्तै दोस्रोमा सनि सेक्युरिटिजको १४ हजार ७६ जना सक्रिय अनलाइन प्रयोगकर्ता छन्। सबैभन्दा कम सक्रिय अनलाइन प्रयोगकर्ता सगरमाथा सेक्युरिटिजमा ३८७ जना मात्रै छन्।

प्राथमिक बजारमा लगानीकर्ताको सक्रियता बढे सँगै यसको प्रभाव दोस्रो बजारमा पनि पर्न थालेको हो। दोस्रो बजारमा जति धेरै सक्रिय लगानीकर्ताको संख्या बढ्दै जान्छ बजार पनि परिपक्व हुँदै जाने विश्लेषकहरु बताउछन्। प्राथमिक बजारबाट खरिद गरेको शेयर बिक्रीका लागि दोस्रो बजारमा अनिवार्य जानै पर्छ। अर्को तर्फ नेप्सेले दोस्रो बजारमा अनलाइन कारोबारलाई प्राथमिकता दिन निर्देशन दिदै आएको छ। यसले पनि दोस्रो बजारमा लगानीकर्ताको संख्या बढाउन मद्दत गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS