IME Life New

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट विक्री खुला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आज फागुन २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्दैछ । सिडिएससी एण्ड क्लियरिङ हाउसले फागन २३ गते आइतबारदेखि प्राथमिक शेयर निष्काशन गर्दा लोड व्यवस्थापनमा समस्या देखिएकाले दुई दिन अगाडी नै बिक्रि खुला गर्न कम्पनीलाई निर्देशन दिएको हो। सोही अनुरुप कम्पनीको शेयरमा भोलिबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले आफ्नो जारी पूँजी दुई अर्ब २० करोडको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको प्रति शेयर एक सय रुपैयाँ अंकित दरका ६६ लाख निष्काशन गन लागेको हो । जसमध्ये कुल निष्काशनको ५ प्रतिशत शेयर कर्मचारीहरुलाई र ३,३०,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५९,४०,००० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ ।

Esewa
Crest

कति कित्ता दिने आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम ६६,००० कित्ता सम्म आवेदन दिन सकिन्छ । धितोपत्र निष्काशन तथा बाडँफाडँ निर्देशिका अनुसार सबैलाई सुरुमा दश(दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई ५९ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार ५ लाख ९४ हजार जना आवेदकले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् । यस अघिको आईपिओ तथ्यांक अनुसार १५ लाख माथि सजिलै आवेदन पर्ने सम्भावना छ। त्यसैले यो आईपिओमा दश कित्ता आवदेन दिंदा ठिक देखिन्छ।

कहिलेसम्म दिने आवेदन ?
ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म आवेदन दिन सकिने छ । सो समयपछि आईपीओमा आवेदन दिन सकिने छैन ।

विक्री प्रबन्धक तथा रेटिङ
प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले गरेको इस्यु रेटिङ अनुसार मध्यम किसिमको सुरक्षा जनाउने ‘केयर एनपि ट्रिपल बि’ प्राप्त गरेको छ। प्राथमिक शेयर निष्काशनका बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ।

कहाँबाट दिने आवेदन ?
सर्वसाधारण लगानीकर्ताले मेरो शेयरको अनलाइन एप्लिकेसन तथा आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्ने छन्।

हाल कम्पनीको संस्थापक शेयर पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ। प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ३० करोड रुपैयाँ पुग्नेछ। जसमा सर्वसाधारण समुहको ३० प्रतिशत र संस्थापक समुहको ७० प्रतिशत कायम हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS