IME Life New

शेयर बजारमा करेक्सन कि गिरावट ? यस्तो छ बजार विश्लेषण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। तिव्र गतिमा उकालो लागिरहेको शेयर बजार पछिल्लो १० दिनमा १८६ अंकले तल झरिसकेको छ। लगातारको गिरावट पछि लगानीकर्ताहरु आत्तिन थालेका छन्। कतिपय लगानीकर्ताहरु यसलाई करेक्सन भनिरहेका छन् भने कतिपयले बजार अधिकतम विन्दुमा पुगिसकेकाले केहि तल झर्न सक्ने विश्लेषण गरिरहेका छन्।

अहिलेको बजारलाई करेक्सन भन्दा पनि राजनीति कुन तहमा गएर स्थिर होला भन्ने संसयले गिरावट भैरहेको बजार विश्लेषक निरञ्जन टिवरेवालाको विश्लेषण छ। अहिले जोखिम लिने भन्दा पनि केहि समय पर्ख र हेर भन्ने अवस्थामा लगानीकर्ता पुगेकाले बजार घटेको जस्तो देखिएको उनको तर्क छ।

Esewa
Crest

अर्का बजार विश्लेषक अम्बिका प्रसाद पौडेल भने अहिलेको यो मुभमेन्टलाई गिरावट भएको भन्न नमिल्ने बताउछन्। उनले भने ‘यो विशुद्ध रुपमा करेक्सन हो। पुँजी बजार सधै बढिरहदैन र सधै घटिरहदैन। बजारमा अहिले नै गिरावट हुने अवस्था आएको छैन।’

त्यस्तै अर्का बजार विश्लेषक प्रकाश तिवारीका अनुसार शेयर बजार एकुमुलेसन ‘संचय’ नभइ लगातार बढेकाले यसलाई करेक्सन मात्रै भन्न मिल्दैन। लगानीकर्ताले नाफा बुक सँग सँगै थप लगानी बढाउदै गरेको भए धेरै अंकले गिरावट हुने थिएन, उनले भने ‘सबैले पोर्टफेलियो मात्रै बढाएकाले बजारले स्थिरता पाउन समय लाग्छ।’

पुँजी बजारको विशेषता नै एउटा लेभलमा बढिसकेपछि अलि अलि करेक्सन आउनु, अलि अलि समायोजन हुनु स्भाविक भएको पौडेल बताउछन्। ५० प्रतिशतले बढेको बजारमा १० प्रतिशतले गिरावट हुने वित्तीकै कोकोहोलो गर्न थाल्न नहुने उनि बताउछन्। उनले थपे ‘केहि दिन अझै करेक्सन हुन सक्ला तर अहिले बजार गिरावट हुने बेला भैसकेको छैन।’

बजारमा धेरै किसिमका लगानीकर्ता हुन्छन्। कतिपय लगानीकर्ताले अहिलेको अस्थिरतमा किन जोखिम लिने भनेर हच्किएका छन्। तर हाम्रो अर्थतन्त्र बिग्रने भन्दा पनि बलियो हुने अवस्था भने रहेको टिवरेवालको विश्लेषण छ। दोस्रो बजारमा सूचिकृत सम्पुर्ण कम्पनीहरु मुनाफामा छन्। सबैको मुनाफा लगभग बढेको छ। यि सबै कुराको प्रत्यक्ष प्रभाव शेयर बजारमा पर्ने भएकाले लगानीकर्ता आत्तिनु पर्ने अवस्थामा नरहेको टिवरेवाल बताउछन्।

अहिलेको राजनीतिक समिकरणमा कम्युनिष्ट पार्टी मात्रै रहेकोमा अव बन्ने समिकरणमा नेपाली काङ्ग्रेस पनि जोडिने भएकाले बजारमा थप कन्फिडेन्स बढ्ने उनको विश्लेषण छ। यदि नेपाली काङग्रेस सरकारमा समावेश भयो भने खुला अर्थतन्त्रको पक्षमा नेपाली काङ्ग्रेस उभिने विश्लेषकहरु बताउछन्। यो शेयर बजारका लागि सबैभन्दा सन्तोषजनक हुने उनिहरुको विश्लेषण छ।

यदि कसै सँग पैसा छ भनेर राम्रो कम्पनी छानेर लगानी गर्ने बेला भएको उनको सुझाव छ। बुलिस ट्रेण्डमा हुने करेक्सनमा शेयर बिक्री गरेर भाग्ने भन्दा पनि राम्रो शेयर खरिद गरेर भोलिका दिनमा राम्रो कमाउने अवसर भएको टिवरेवाल बताउछन्।

बजार सुधार गर्ने सम्पुर्ण फ्याक्टरहरु प्रयोग भैसकेकाले अवका दिनमा बजारमा धेरै ठुलो सुधार हुन्छ भनेर अपेक्षा गर्ने ठाउन नरहेको तिवारीको विश्लेषण छ। बैंकहरु जसरी कर्जामा आक्रामक भैरहेका छन् त्यसले पनि तरलता थप टाइट हुने अनुमान गरिएको छ। केहि समय अगाडि बैंकहरु शेयर धितो कर्जाका लागि मार्केटिङ गर्दै हिड्थे तर पछिल्लो समय शेयरधितो कर्जाका लागि प्रकृया अगाडि बढाएको केहि दिन पछि मात्रै रिप्लाइ आउने गरेको छ। यसले पनि बैंकहरुको प्राथमिकता शेयर धितो कर्जा भन्दा पनि अन्य कर्जामा केन्द्रित रहेको संकेत गर्दछ।

यदि सरकारले विकास खर्च बढाउने हो भने तत्काल तरलता अभावको समस्या देखिदैन। तर जुन हिसावले बैंकहरुको तरलता खुम्चिदै गएको छ त्यहि हिसावले निक्षेप नबढ्ने हो भने चाढै नै तरलता अभावको समस्या झेर्नु पर्ने विश्लेषक बताउछन्।

कसले बेचिरहेका छन्

बजार तल झर्नुमा सबैभन्दा ठुलो भुमिका बिक्री गर्नेको हुन्छ। बजार सुधार हुन थाले पछि दोस्रो बजारमा भित्रिएका लगानीकर्ताले अहिले सबैभन्दा धेरै सप्लाइ गरिरहेका छन्। जसले यस अवधिमा राम्रो नाफा आर्जन गरेका छन् उनिहरुले शेयर बिक्री गरेर बसेका छन्।

बजार विश्लेषक टिवरेवालका अनुसार अहिले भ्याएसम्म सबैले नाफा बुक गरिरहेका छन्। साना ठुला मात्रै नभएर संस्थागत लगानीकर्ताहरुले पनि बिक्री गरि रहेका छन्। बजारमा अहिले ठुला ठुला लगानीकर्ताहरुले पनि यो समय बेच्नु हुँदैन भनेर प्रचार गरिरहे पछि उनिहरु आफैले भने शेयर बिक्रि गरिरहेका तिवारी बताउछन्।

अहिलेको बजारलाई सबैभन्दा धेरै राजनीतिक प्रभावले प्रभावित पारिरहेको छ। साथ साथै बैंक व्याजदर पनि अर्को कारण बनिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS