IME Life New

सिद्धार्थ बैंकद्वारा गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले आजे गोंगबु शाखा प्राङ्गणमा एक समारोह आयोजना गरी गोंगबु क्षेत्रका नेपाली होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृृत शम्भु नाथ गौतम, गोंगबु शाखा प्रबन्धक मिन बहादुर चौलागाई, नेपाली होटल व्यवसायी संघका महासचिव श्री गणेश ढकाल साथै होटल व्यवसायी सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा श्री शम्भु नाथ गौतम ज्यूले श्रमिक गेष्ट हाउसमा क्यूआर कोड मार्फत भुक्तानी गरी कार्यक्रम सम्पन्न गरेको हो ।

Esewa
Crest

उक्त क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले नेपाली होटल व्यवसायी संघ अन्तर्गतमा रहेका होटल तथा लजहरुमा आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी होटल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

बैंकले हाललाई ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको छ र आगामी दिनहरुमा होटल सङ्ख्या थप गर्ने कार्यलाई निरन्तरता दिदैँ जाने योजना बैंकको रहेको छ ।नगदरहित कारोबार प्रवद्र्घन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम मार्फत साना तथा मझौला उद्यमीहरु डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS