IME Life New

साप्ताहिक बीमा समीक्षाः कारोना बीमा पुलमा साढे तीन अर्ब जम्मादेखि दुई कम्पनीको नयाँ पोलिसी सार्बजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता बीमा क्षेत्रको व्यवसायका लागि निकै महत्वपुर्ण मानिएको छ । कारोना बीमा पुलमा नियामक निकाय बीमा समितिले कोरोना बीमा दाबी भुक्तानीका लागि आफ्नो दायित्व अन्तर्गतको एक अर्ब रुपैया, पुनर्बीमा कम्पनीको एक अर्ब, निर्जीवन बीमा कम्पनीको एक अर्ब, महाविपत्ति कोषबाट ५० करोड रुपैयाँ गरी साढे तीन अर्ब रुपैयाँ पुलमा जुटेदेखि एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त जस्ता विषयले प्रवेश पाएको छ । साथै, यो साता यूनियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएका समाचारले समेत यो साता बीमा बजारमा स्थान पाएको छ ।

बीमा समितिले कोरोना बीमा दाबी भुक्तानीका लागि आफ्नो दायित्व अन्तर्गतको एक अर्ब रुपैयाँ पुलमा हालेको छ । समितिले आफ्नो दायित्व अन्तर्गतको एक अर्ब रुपैयाँ कोरोना बीमा पुलमा फाल्गुन ६ गते भुक्तानी गरेको समितिले जनाएको छ ।

Esewa
Crest

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले कठायतलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

दुई कम्पनीको नयाँ बीमा योजना सार्वजनिक
युनियन लाइफ इन्स्योरेन्स कम्पनी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमा बजारमा नयाँ योजना ल्याएका छन् । यूनियन लाइफले ‘वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना’ बन्द गरेको छ। कम्पनीले यस पोलिसीलाई बन्द गर्दै यसैको परिस्कृत ‘जीवन आधार बीमा योजना’ ल्याउने भएको हो ।

साथै, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चौरासी पूजा’ जीवन बीमा योजना बजारमा ल्याएको छ । ‘दीर्घ जीवन समृद्धि भविष्य’ भन्ने सन्देशका साथ कम्पनीले ‘सर्या चौरासी पूजा’ नामक नयाँ जीवन बीमा योजना बजारमा ल्याएको हो ।

यसै साता सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा पनि सम्पन्न भएको छ । कम्पनीको उक्त सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव, आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ ।

तीन कम्पनीले गरे सम्झौता

राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानमा नेपाल बैंकको एक्सटेनसन काउन्टर संचालनमा आउने गरी बैंक र बीमा कम्पनीबीच सम्झौता भएको छ ।

यो साता अजोड इन्स्योरेन्स कम्पनीले नेपाल मसलन्द तथा शैक्षिक सामग्रीबीच सम्झौतासँग सम्झौता गरेको छ । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसँग आबद्ध विभिन्न उद्योग तथा व्यवसायहरुको बीमा सेवा गर्ने गराउने सम्बन्धी सम्झौता भएको हो ।

त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले काठमाडौं स्थित अर्किड गार्डेन नेपालमा रहेका १ सय ५० जना श्रमिक बालबालिकालाई स्टेशनरी साम्रागी उपल्ब्ध गराएको छ ।

तीन कम्पनीले गरे लाभांश घोषणा
यो साता आइएमई जनरल इन्स्योरेन्स , प्रभु इन्स्योरेन्स  र हिमालयन जनरल इन्स्योरेन्सले  लाभांश प्रस्ताव  गरे । आइएमई जनरलले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ० दशमलव ३७ प्रतिशत नगद गरि कूल ७।३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने ३ करोड २० लाख ४८ हजार ७ सय बराबरको बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ३ दशमलव ७५ प्रतिशतले हुन आउने ४ करोड ६० हजार ८ सय रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ६ दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले माघ महिनामा मात्रै १९ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको ७ महिनासम्ममा भने एक अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । संस्थाले सार्वजनिक गरेको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार ६ महिनाको अवधिमा कुल बीमा शुल्क आर्जन एक अर्ब ३६ करोड रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS