IME Life New

जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशन ४० प्रतिशतले बढ्यो, ६ महिनामा ७ अर्बमाथि खर्चिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अन्त्यसम्ममा बीमा अभिकर्ता कमीशन मार्फत ७ अर्ब माथि अर्थात ७ अर्ब ३७ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशनमार्फत अभिकर्ताहरुलाई दिएको छ । कम्पनीहरुले गत बर्षको सोहि अवधिमा ५ अर्ब २४ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशन मार्फत अभिकर्तालाई दिएको थियो । गत बर्षको तुलनामा कम्पनीले बीमा अभिकर्ताहरुलाई दिने अभिकर्ता कमिशन ४० प्रतिशतले बढेको हो ।

बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा सबैभन्दा धेरै कमिशन भुक्तानी गर्ने संस्थामा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब ९२ करोड रुपैयाँ अभिकर्ता कमिशनमार्फत खर्चिएको छ । कम्पनीले गत बर्षको तुलनामा सोही अवधिमा एक अर्ब ६१ करोड रुपैयाँ कमिशन खर्चिएको थियो । गत बर्षको तुलनामा कम्पनीको अभिकर्ता कमिशन १९ दशमलव २२ प्रतिशत बढेको हो ।

Esewa
Crest

दोस्रो लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपालले पुस मसान्तसम्ममा १ अर्ब १ करोड रुपैयाँ  कमिशन बीमा अभिकर्तामा खर्चिएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ८१ करोड ३९ लाख रुपैयाँ बीमा अभिकर्ताहरुको कमिशनमा खर्चिएको थियो । गत बर्षको तुलनामा कम्पनीको बीमा अभिकर्ता कमिशन २४ दशमलव ५२ प्रतिशतले बढी हो ।

तेस्रोमा युनियन लाइफ इन्स्योरेनस कम्पनी रहेको छ । कम्पनीको अभिकर्ता कमिशन ३९ प्रतिशतले बढेर ६२ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ७७३लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको थियो ।

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार नेशनल लाइफले दोस्रो त्रैमासको अन्त्यसम्ममा अभिकर्ता कमिशन ५२ प्रतिशतले बढाएर ६१ करोड रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ४९ प्रतिशतले बढाएर ३८ करोड ६९ लाख रुपैयाँ, गुराँस लाइफले १७३ प्रतिशतले बढेर ३३ करो २६ लाख रुपैयाँ, सिटिजन लाइफले ७६ प्रतिशतले बढेर २६ करोड १९ लाख रुपैयाँ, सूर्या लाइफले ५७ प्रतिशतले बढाएर २५ करोड ८२ लाख रुपैयाँ, मेट लाइफले २ प्रतिशतले बढाएर २४ करोड ९८ लाख रुपैयाँ पुराएको छ ।

त्यस्तै, आइएमई लाइफले २३ करोड रुपैयाँ, प्राइम लाइफले २३ करोड २ लाख रुपैयाँ, ज्योति लाइफले २२ करोड ३३ लाख रुपैयाँ, रिलायन्स लाइफले १९ करोड ८८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १७ करोड ५९ लाख रुपैयाँ, सन नेपाल लाइफले १६ करोड ७६ लाख रुपैयाँ, सानिमा लाइफ इन्स्योरेन्सले १५ करोड ४६ लाख रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले १४ करोड ४५ लाख रुपैयाँ, प्रभु लाइफले ९ करोड रुपैयाँ ९५ लाख रुपैयाँ, महालक्ष्मी लाइफले ९ करोड १८ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्चिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS