IME Life New

सिभिल बैंकले शुरु गर्यो नगद रहित कारोबार,टेम्पूको भाडा पनि क्यूआरबाटै तिर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले नगद रहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पूको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मुल्य सबै क्युआर कोड मार्पmत भुक्तानी गरी उक्त अभियानको उद्घाटन गरेका हुन् । सिन्धुली क्षेत्रमा चल्ने ७४ वटा टेम्पू (तीनपाङ्ग्रेसवारी) तथा ३४ वटा अन्य विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छन् ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, कार्यकारी निर्देशकभूवन कडेँल,नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय जनकपुरका प्रमुख निर्देशक दुर्गेश गोपाल श्रेष्ठ,सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नायव प्रमुखकार्यकारी अधिकृत सुनीलकुमार पोखरेल, डिपोजिट तथा ट्रान्जेक्सन बैकिंग प्रमुख भोला बहादूर विष्ट, बागमति प्रदेशका प्रमुख सुरज दाहाल, कमलामाई नगरपालिका मेयर खड्ग खत्री, उ.वा.संघ सिन्धुलीेका वरिष्ठ उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, टेम्पू यातायात व्यवसायीहरु लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७१अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS