IME Life New

व्यतित बीमालेख कसरी गर्ने नविकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामान्यता बीमीतले आफूले लिएको बीमाशुल्कको म्याद बमोजिम भुक्तानी गरेपछि बीमालेख नवीकरण हुन्छ । यदि तोकिएको समयमा नवीकरण नगरेमा खण्डमा बीमालेख व्यतित हुन्छ । बीमीतले मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा पनि आफ्नो बीमालेख नवीकरण गर्न सक्छन् ।

बीमा कम्पनीहरुले बीमितहरुका लागि बीमा शुल्क बुझाउन थप समय दिएका हुन्छन् । मासिक बीमा शुल्क बुझाई बीमालेख खरिद गरेमा १५ दिन र अन्य प्रकारको किस्तामा बीमालेख नवीकरणको अथवा बीमाशुल्कको किस्ता भुक्तानी गर्न ३० दिनको समय दिइएको हुन्छ ।

Esewa
Crest

सो अवधिभित्र पनि नवीकरण नगरेमा बीमालेख निष्क्रिय हुन्छ । अर्थात, उक्त बीमालेखले बीमितको कुनै पनि जोखिम सुरक्षण गर्दैन । जसलाई बीमालेख व्यतित भनिन्छ । म्यादी बीमाको हकमा भने यो प्रावधान लागू हुँदैन ।

बीमालेख व्यतित हुनु भनेको बीमित र बीमक दुबैको हित विपरित हो । बीमकले बीमा शुल्क पाउँदैन भने बीमितले कम्पनीले दिने सुविधा पाउँदैनन् ।

व्यतित बीमालेख नविकरण प्रक्रिया

व्यतित बीमालेख विभिन्न पक्रिया अनुसार नविकरण गर्न सकिन्छ । कम्पनी अनुसार व्यतित बीमालेख नविकरण प्रक्रिया फरक पर्न सक्दछ । विलम्ब दस्तुर, स्वास्थ्य परीक्षण बीमाङक् रकम, बीमितको पेशा र स्वास्थ्यको वर्तमान अवश्थाको जानकारी सामान्यतया एउटै प्रक्रियाबाट गरिन्छ ।

कतिपय बीमकले व्यतित बीमालेख धेरै भएमा सक्रिय बीमालेखको सङ्ख्या बढाउनका लागि बीमा कम्पनीको वार्षिकोत्सव, आर्थिक वर्षको अन्त्य पारेर निष्किृय वा व्यतित बीमालेखको विलम्ब दस्तुर पुरै वा आशिंक छुटको व्यवस्था गरी बीमालेख नविकरण गर्न बीमितलाई प्रोत्साहन दिने गर्दछन् । भने कतिपय कम्पनीले हर्जानासहित लिएर मात्र बीमालेख नविकरण गर्ने गर्दछन् ।

बीमालेख अन्तर्गत कर्जा नलिएको र बीमा शुल्क एक वर्षभन्दा बढीसम्म नतिरेको बीमालेख नविकरण गर्दा कतिपय बीमकले किस्ताबन्दीमा पनि गरिदिन सक्छन् । बीमाशुल्क भुक्तान गरिने अवधिको आधारभुत बीमकले कम्तीमा ६ महिनाको बीमा शुल्क भुक्तान गरिने अवधिको आधारमा बीमालेख सक्रिय हुन्छ । बाँकी बीमाशुल्क र व्याज बढीमा दुई वर्षभित्र भुक्तान गर्नुपर्दछ र आगामी बीमा शुल्क नियमित रुपमा तिरेको हुनुपर्दछ ।

बीमालेख नविकरण वा सक्रिय गर्ने प्रमुख तरिका भनेको बीमालेख धितो राखेर कर्जा लिई सोही कर्जाको रकमले बीमा शुल्क र अतिरिक्त दस्तुर तिरेर गर्नु हो ।

यसमा बीमा शुल्क दुई वर्षको तिरेको हुनुपर्दछ । यसरी बीमालेख सक्रिय बनाउनलाई बीमित अन्जान हुन सक्छन् । ती अन्जान बीमितहरुलाई बीमा अभिकर्ताले सुझाव दिनु पर्ने हुन्छ ।
बीमालेख धितो राखेर कर्जा लिदाँ नेपाल सरकार तथा बीमा ऐनअन्तर्गत रु १० को टिकट टाँसेर तमसुकमा विवरण भरेर दायाँ बायाँ औँठाछाप लगाई पेश गर्नुपर्दछ ।

व्यतित बीमालेख विशेष नविकरण प्रक्रिया कुनै कुनै कम्पनीहरुले सञ्चालनमा ल्याएका छन् । यसमा बीमालेख पुनर्जागरण गर्ने मितिदेखि बीमितको उमेरको आधारमा नयाँ बीमाशुल्क कायम गरिन्छ ।

बीमालेख व्यतित भएको ६ महिना पुगेको र बढीमा बीमाशुल्क नतिरेको तीन वर्षभन्दा कम हुनुपर्छ । सोे बीमालेख त्यसभन्दा पहिला पुनर्जागरण नगरिएको हुनुपर्दछ ।

किनकि पटक पटक नविकरण गरिएको बीमालेख अन्तर्गत बीमकले यस सुविधा दिने गर्दैनन् र फेरि बीमालेख व्यतित भएमा पनि यस सुविधा उपलब्ध हुदैन । तर सबै बीमकले भने उक्त सुविधा नदिन पनि सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS