काठमाडौं । अनर नेपालले चाडपर्वलाई लक्षित गर्दै ‘तीन चाडको बहार, अनरको साथमा उपहारै उपहार’ अभियान सार्वजनिक गरेको छ । अभियानअन्तर्गत ग्राहकले अनर एक्स७ई एक्टिभ इयरबड्स, अनर वाच २ प्रो लगायतका आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।
अक्टोबर ४, २०२६ देखि सुरू भएको यो अभियान नोभेम्बर १५, २०२६ सम्म सञ्चालन हुनेछ । अभियानमा योग्य अनर स्मार्टफोन तथा ट्याब्लेट खरिद गर्ने ग्राहक सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
अभियानअन्तर्गत हरेक दिन १० जना भाग्यशाली विजेताले अनर एक्स७ई एक्टिभ एयरबड्स जित्नेछन् । त्यस्तै, हरेक दिन ३ जना विजेताले अनर वाच २ प्रो जित्ने अवसर पाउनेछन् ।
साथै ८ जना भाग्यशाली विजेताले थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन् । विजेताले पर्वको अवसरमा थाइल्यान्ड भ्रमण गर्दै नयाँ अनुभव बटुल्न सक्ने कम्पनीले जनाएको छ ।
अभियानमा सहभागी हुन ग्राहकले अनरको योग्य स्मार्टफोन वा ट्याब्लेट खरिद गरी ३५००१ मा ‘एचओएनओआरृस्पेसे आईएमईआई नम्बर वा एसएन नम्बर’ लेखेर एसएमएस पठाउनुपर्नेछ । तीनवटा पुरस्कार श्रेणीसहित सञ्चालन हुने अभियानमार्फत अनरले ग्राहकलाई प्रविधिसँगै आकर्षक पुरस्कार र अनुभव प्रदान गर्ने जनाएको छ । कम्पनीका अनुसार अभियानले पर्वको उत्साहलाई थप विशेष बनाउनेछ ।












