IME Life New

६ महिनामा १८ जीवन बीमा कम्पनीको खुद बीमा शुल्क ५६ अर्बमाथि, नेपाल लाइफको अग्रता कायमै , अन्यको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरु संचालनमा रहेका छन् । संचालनमा रहेका कम्पनीहरुमध्ये १८ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७/ ७८ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । कम्पनीहरुको प्रकाशित वित्तीय विवरण अनुसार अधिकांश जीवन बीमा कम्पनीहरुको सूचमा राम्रो प्रगति देखिएको छ । १८ वटै जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा खुद बीमा शुल्क आर्जन बृद्धि गरेको वित्तीय विवरण प्रकाशन गरेका छन् ।

वित्तीय विवरण प्रकाशन गरेका १८ वटा कम्पनीहरुले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा ५६ अर्ब ६९ करोड ९७ लाख ७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा उक्त कम्पनीहरुले ४१ अर्ब ३७ करोड ३६ लाख ७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको  खुद बीमा शुल्क आर्जन ३७ दशमलव ४ प्रतिशतले बढी हो ।

Esewa
Crest

चालु आर्थिक वर्षको दास्रो त्रैमासमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२ दशमलव ८४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ९१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको यस अवधिमा कम्पनीले १७ अर्ब ८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको हो ।

दास्रोमा एनआइसी नेपाल रहेको छ । एलआइसीले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा ९ अर्ब ५६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २४ प्रतिशतले बढी हो ।
तस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन ४१ प्रतिशतले बृद्धि गरी ५ अर्ब ४८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

तीन अर्बभन्दा बढी खुद बीमा शुल्क आर्जन गर्ने कम्पनी
यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ प्रतिशतले खुद बीमा शुल्क बृद्धि गरी ३ अर्ब २० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

एशियन लाइफले ३ अर्ब १३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गरेको छ ।

दुई अर्बभन्दा बढी खुद बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
त्यसैगरी चालु आर्थिक वर्षको दास्रो त्रैमासमा मेट लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्बभन्दा बढी खुद बीमा शुल्क आर्जन गरेका छन् ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ प्रतिशतले बढी हो ।

अर्बमाथि खुद बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
ज्योति लाइफ इन्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्बभन्दा बढी खुद बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यी कम्पनीहरुले पनि खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएका छन् ।

अर्बभन्दा कम खुद बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
चालु आर्थिक वर्षको ६ महिनामा सानिमा लाइफले ९५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले १३४ प्रतिशतले खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

सन नेपाल लाइफले ९१ करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६१ प्रतिशतले धेरै हो ।

त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद बीमा शुल्क ९५ प्रतिशतले बृद्धि गरी ६० करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी महालक्ष्मी लाइफले गत आर्थिक वर्षको सोही अवधिमा २८ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद बीमा शुल्क ३७ प्रतिशतले बृद्धि गरी ४७ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS