IME Life New

एशियन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन तीन अर्ब १७ करोड रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ३८ दशमलब ५३ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गरेको छ। कम्पनीले यसै अवधिमा तीन अर्ब १७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

कम्पनीले पुस मसान्तसम्ममा तीन अर्ब १६ करोड रुपैयाँ जम्मा बीमा शुल्क आर्जन गरेको छ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ४५.०२ प्रतिशतले नाफा बढाएको छ। कम्पनीले १७ करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा १२ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

Esewa
Crest

अभिकर्ताले यसै अवधिमा ३८ करोड ६९ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन्। गत वर्ष अभिकर्ताले २५ करोड ९५ लाख रुपैयाँ बुझेका थिए। कम्पनीको चुक्ता पुँजी २ अर्ब एक करोड रुपैयाँ छ। जगेडा कोष भने ५२ प्रतिशतले बृद्धि भएको छ। जगेडा कोषमा ७२ करोड ३१ लाख रुपैयाँ जम्मा भएको छ।

कर्जा प्रवाह तथा लगानीबाट मात्रै ९५ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ। कम्पनीले यस्तो आम्दानी गत वर्षको भन्दा ३४.४० प्रतिशतले बृद्धि गरेको छ। पोलिसी संख्या ९ प्रतिशतले बृद्धि गर्न सफल भएको छ। एशियन लाइफले तीन लाख ९ हजार वटा पोलिसी बिक्री गरेको छ। नाफामा सुधार सँगै प्रतिशेयर आम्दानी १२ रुपैयाँबाट १७ रुपैयाँ कायम गर्न सफल भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS