IME Life New

एकल बीमा शुल्क नियन्त्रणमा बीमा समितिको टालटुले परिपत्र, यस्तो छ निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समितिले एकल बीमाशुल्क बीमालेख बिक्री गर्दा अभिकर्ताहरुलाई अस्वभाविक तलरले कर्जा प्रवाहगरी सोही कर्जा रकमलाई बीमा शुल्कमा लेखाङ्कन गरि रहेकोले यस्तो कार्य नगर्न भन्दै टालटुले निर्देशन जारी गरेको छ। यसरी जारी गरेका बीमालेख केहि समय पछि नै समर्पण ‘सरेण्डर’ गर्ने अभ्यास बढिरहेको समितिले जनाएको छ। कतिपय बीमा कम्पनीहरुको प्रभावमा परेर समितिले यसको विकृतिको अन्त्य गर्नका लागि निर्देशन दिनु पर्नेमा ध्यानाकर्षण भएको भन्दै कम्पनीहरुलाई परिपत्र जारी गरेको छ।

बीमा कम्पनीहरुले एकल बीमालेखको प्रिमियमको १८ प्रतिशत इन्सेन्टिभ र ६ प्रतिशत कमिसन दिदा यस्तो विकृति बढिरहेको जानकारहरु बताउछन्। बीमा समतिमा चिरञ्जीवि चापागाई अध्यक्ष भएर आउनु अगाडि एकल भुक्तानी बीमा योजनाको बीमा शुल्कलाई प्रथम बीमा शुल्कमा समावेश गर्न पाइदैन थियो। तर केहि बीमा माफियाको प्रलोभनमा परि चापागाईले बीमाको पहुँच बढि देखाउन यस योजनाको बीमा शुल्कलाई प्रथम बीमा शुल्कमा जोड्न पाउने व्यवस्था गरिदिएका थिए। यसो गर्ने वित्तीकै कम्पनीहरुले प्रथम बीमा शुल्कको १८ प्रतिशत रकम बीमा व्यवसाय विस्तारका नाममा अभिकर्ता पोस्ने काम भएको हो। यसैले गर्दा अहिले यस पोलिसीमा विकृति भैरहेको छ। आजका दिनमा पनि तिनै माफियाको चंगुलमा परि नव नियुक्त अध्यक्षलाई गुम्राहामा पार्ने काम भएको छ।

Esewa
Crest

समितिले यसलाई संवोधन गर्ने विषयमा केहि पनि बोलेको छैन। साथै यस्तो कमिसन घटाउन कुनै निर्देशन जारी नगरि कम्पनीलाई ध्यानाकर्षणको पत्र मात्रै पठाइएको कम्पनीहरुले जनाएका छन्।  जानकारहरुका अनुसार प्रथम बीमा शुल्कको १८ प्रतिशत कमिसन अन्त्य नगरेसम्म कम्पनीहरुले धेरै व्यवसाय देखाउन कर्जा लिएरै पोलिसी बिक्री गाराउने र कम्पनीलाई घाटा खुवाउने  क्रम चलिरहनेछ।

एक सिइओका अनुसार  ११ महिना सुतेर बस्ने तर आर्थिक वर्ष सकिन लागेपछि अर्बौ रुपैयाँको यस्ता पोलिसी बिक्री गरेर लगानीकर्ताहरुलाई कम्पनीले बीमा शुल्क आर्जनमा सुधार गरिरहेको भन्दै भ्रम फैलाउने काम गरिरहेका छन्।

कम्पनीले २० लाख रुपैयाँ भन्दा माथिको सामान खरिद गर्नु पर्यो भने कम्पनीको सञ्चालक समितिदेखि बीमा समितिबाट स्वीकृति लिनु पर्छ तर अभिकर्ताले करोडौ रुपैयाँको अभिकर्ता कर्जा लिन भने कुनै पनि स्वीकृति लिनु नपर्ने खुकुलो व्यवस्थाले  यस्ता विकृति सिर्जना भएका हुन्। समितिले यस विषयमा खासै चासो देखाएको छैन। यस्तो विकृतिलाई नियन्त्रण गर्न बीमा समितिले अभिकर्ताले पाउने अभिकर्ता कर्जामा थप निर्देशन जारी गर्नु पर्ने देखिन्छ।

व्यवसाय धेरै देखाउन प्रयोग भएको एकल बीमा योजनामा विकृति , कम्पनी खोक्रो हुँदा बीमा समिति मुकदर्शक  

एकल बीमा शुल्कको विकृतिले जीवन बीमा क्षेत्र ध्वस्त हुँदै

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS