IME Life New

सूर्या लाइफको कुल बीमा शुल्क आर्जन ७७ प्रतिशतले बढ्यो, कुन सूचकमा कति सुधार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ७७ प्रतिशतले कुल बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ। कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाशिक अवधिमा २ अर्ब ३२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने कुल बीमा शुल्क आर्जन दुई अर्ब २८ करोड रुपैयाँ छ। गत वर्षको यहि अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन एक अर्ब ३० करोड रुपैयाँ थियो।

कम्पनीले ६ महिनाको अवधिमा ३५ करोड ५९ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ। गत वर्षको यहि अवधिमा १४ करोड ५५ लाख रुपैयाँ थियो। अभिकर्ताले यसै अवधिमा २५ करोड ८२ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन्। गत वर्षमा अभिकर्ताले १६ करोड ३६ लाख रुपैयाँ लिएका थिए।

Esewa
Crest

बीमा शुल्क आर्जन सँगै कम्पनीको खुद मुनाफामा पनि उल्लेख्य सुधार भएको छ। यसै अवधिमा ३२ प्रतिशतले खुद मुनाफा आर्जन बढेको हो। कम्पनीले ६ महिनाको अवधिमा २० करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।

विभिन्न क्षेत्रमा गरिएको लगानीबाट कम्पनीले ३७ करोड ४९ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ। यस्तो आम्दानी गएको वर्षमा भन्दा ३० प्रतिशतले बढेको हो। पोलिसी संख्या भने २६ प्रतिशतले घटेको छ। यसै अवधिमा कम्पनीले तीन लाख २६ हजार ४९६ वटा पोलिसी बिक्री गरेको छ।

नाफामा सुधार सँगै प्रतिशेयर आम्दानी ४ रुपैयाँले बढेर १८ रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ भने जगेडा कोक्षमा ७२ करोड रुपैयाँ छ। जीवन बीमा कोष ९ अर्ब २८ करोड रुपैयाँ बनाउन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS