IME Life New

बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवालले लिए सपथ, शुक्रवारदेखि कार्यभार सम्हाल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समितिका नव नियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवाले बुधबार नियुक्ती पत्र बुझेर सपथ ग्रहण गरेका छन्। बिहीबार अर्थमन्त्रालयमा आयोजना भएको एक कार्यक्रममा उनले अर्थ सचिव शिशिर कुमार ढुङ्गानाबाट पद तथा गोपनियताको सपथ लिएका हुन्।

नियुक्तिपत्र बुझे सँगै सिलवालले शुक्रबार बीमा समितिमा जाने इन्स्योरेन्स खवरलाई जानकारी दिए। शुक्रवार बीमा समितिका सम्पुर्ण कर्मचारीहरु सँग भेटघाट गर्ने र आइतबारदेखि आफ्नो नियमित कार्यभार सम्हाल्ने सिलवालले योजना बनाएका छन्। आफु बीमा क्षेत्रमा नयाँ भएकाले बीमा क्षेत्रको बारेमा बुझेर आफ्नो काम कारबाही सुरु गर्ने शिलवालले जानकारी दिए।

Esewa
Crest

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सिलवाललाई अध्यक्षमा नियुक्त गरेको थियो। अर्थमन्त्रालयमा लामो समय काम गरेका सिलवालले सूचना तथा सञ्चार मन्त्रालय, उद्योग मन्त्रालयमा, गृह मन्त्रालयको सचिव भएर काम गरेका थिए। प्रशासन क्षेत्रमा लामो समय काम गरेका सिलवाल बीमा क्षेत्रमा नयाँ हुन्।

बिहीबार सपथ ग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न सिलवाललाई निर्देशन दिएका छन्।

सपथग्रहण कार्यक्रममा पौडेलले बीमा क्षेत्रका समस्याहरु केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताएका छन्। अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनियता कायम गर्नु पर्ने आवश्यता औल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बनाउनु पर्ने बताएका छन्।

बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने र फास्ट ट्रयाकमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS