IME Life New

बीमा समितिको अध्यक्षका लागि बीमाको विशेष ज्ञान भएकै हुनु पर्ने, यस्तो छ सर्वोच्चको आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले बीमा समितिको अध्यक्षमा बीमा क्षेत्र भन्दा बाहिरको व्यक्तिलाई नियुक्त गरेको खण्डमा समस्या पर्ने देखिएको छ। बीमा समितिको अध्यक्षको योग्यतालाई लिएर सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ पुर्ण रुपमा हुन नसके पनि प्रारम्भिक सुनुवाइको क्रममा अदालतले बीमा ऐन मै टेकेर अध्यक्षको योग्यता बीमा क्षेत्रको ज्ञान भएकै हुनु पर्ने धारणा राखेको थियो। तर त्यस पछि उक्त रिटको सुनुवाइ हुन सकेको छैन।

Esewa
Crest

बीमा समितिका यस अगाडिका अध्यक्ष चिरञ्जीवी चापागाईको योग्यता नपुगेको भन्दै सर्वोच्चमा रिट परेको थियो। चापागाई र नेपाल सरकार तथा मन्त्रीपरिषदको कार्यालय बिरुद्ध परेको मुद्दाको प्रारम्भिक सुनुवाइको क्रममा सर्वोच्च अदातले २०७५ जेठ २२ गतेको आदेशमा ‘कुनै पनि सार्वजनिक जवाफदेहिको पक्षमा नियुक्तीको लागि सम्बन्धित उम्मेदवारमा सो पदको निम्ती आवश्यक न्यूनतम योग्यता भएकै हुनुपर्छ। यो सार्वजनिक सरोकारको विषय हो। तसर्थ यसलाई सामान्य भनि लिन र सम्झन मिल्दैन’ भनेको छ। तर यो मुद्दा अझै पनि सर्वोच्च अदालतमा विचाराधिन छ।

यदि अदालतले बीमा क्षेत्रमा विशेष ज्ञान भएको कानुनी व्यवस्थालाई व्याख्या गरिदियो भने राष्ट्र बैंकमा काम गरेकालाई नियुक्त गर्न गाह्रो पर्ने देखिन्छ। प्रारम्भिक सुनुवाइमा पनि अदालतले आफ्नो धारणा राख्ने क्रममा सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको न्युनतम योग्यता पुगेकै हुनु पर्ने भनि व्याख्या गरेको छ। अर्को तर्फ यो सार्वजनिक सरोकारको विषय भएकाले सामान्य रुपमा लिन नमिल्ने सर्वोच्चको आदेशमा छ।

तर उक्त मुद्दा अझै टुङ्गिएको छैन। बीमा समितिको अध्यक्षको दौडमा रहेका तर बैंकिङ अनुभव मात्रै भएका व्यक्तिहरुलाई यसले प्रभाव पार्न सक्ने भएकाले नियुक्ती प्रकृयाँ नै अगाडि बढ्न सकेको छैन।

अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले अध्यक्षको नामको अझै टुङ्गो लगाउन सकेका छैनन्। अर्थमन्त्रालयले पेश गरेक नामलाई नै मन्त्रीपरिषदबाट सिफारिस गरे पछि अध्यक्ष नियुक्ती हुनेछ। चपागाईले गते पुस २४ गते आफ्नो चार वर्षे कार्यकाल सकेर बाहिरिएका थिए। ऐनमा नै नेपाल सरकारले आफ्नो खल्तीबाट नाफा झिकेर सिफारिस गर्न सक्ने प्रावधानका कारण अध्यक्ष पदका लागि धेरै जनाको दौड चल्न थालेको छ।

समितिको अध्यक्ष पदका लागि सबैभन्दा बढि आकांक्षी नेपाल राष्ट्र बैंकका वर्तमान तथा अवकास प्राप्त कर्मचारी रहेका छन्। अध्यक्षको दौडमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश कुमार गुरागाई, नेपाल स्टक एक्चेन्जका पुर्व अध्यक्ष टंक पनेरु, नेपाल राष्ट्र बैंककै पुर्व कार्यकारी निर्देशक तथा हाल कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला दौडमा रहेका छन्।

हाल राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रमा लामो अनुभव भएका व्यक्तीहरु नै अध्यक्ष पदका लागि लागि परिरहेका छन्। यदि अहिले सरकारले नियुक्त गरिहाल्यो भने पनि सर्वोच्चमा रिट पर्ने निश्चित छ। यदि सर्वोच्च अदालतले बीमा क्षेत्रमै काम गरेकै हुनु पर्ने भन्दै व्याख्या गर्यो भने पद जाने भन्दै उनिहरु हच्किरहेका छन्। साथै सरकारले पनि नियुक्ती प्रकृयाँ अगाडि बढाउन सकेको छैन।

यस अगाडी अध्यक्ष चापागाँई बिशुद्ध रुपमा बीमा क्षेत्रका होइनन्। त्यसैले गर्दा उनि बेला बेलामा आलोचित भए। बीमा क्षेत्रको सामान्य ज्ञान पनि नभएको व्यक्ति अध्यक्ष हुँदा बीमा क्षेत्रमा दिन- दिदै बिकृति बढ्दै गैरहेको छ। बीमा क्षेत्रको सुधार र बीकृति अन्त्यका लागि पनि बीमा क्षेत्रको राम्रो ज्ञान तथा अनुभव भएको व्यक्ति अहिले बीमा समितिमा आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS