IME Life New

जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ३२ प्रतिशतले बढ्यो, कुन महिनामा कति गरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ६ महीनामा जीवन बीमा कम्पनीहरुले बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएका छन् । बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को ६ महीना अर्थात दोस्रो त्रैमाससम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ६२ अर्ब १० करोड बीमाशुल्क संकलन गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमामा जीवन बीमा कम्पनीहरुले ४७ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । गत आर्थिक बर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ३२ दशमलव १२ प्रतिशतले बढेको हो ।  बीमा समिातिको तथ्याङक अनुसार कोरोना भाईरसको महामारीका बीच पनि जीवन बीमा कम्पनीहरु आफ्नो व्यापार विस्तारमा आक्रामक देखिएका हुन् ।

Source : Beema Samiti

कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीले गत चैतदेखि असार र साउनसम्म नै जीवन बीमा व्यवसाय प्रभावित भएको थियो । तर, चालू आर्थिक बर्षको पुस मसान्तसम्म आउँदा जीवन बीमा व्यवसायमा उल्लेख्य सुधार देखिएको छ। कोरोना क्रासमा पनि भर्चुअल माध्यमबाट अभिकर्तालाई उत्प्ररेणा दिने, नयाँ प्रडक्टका विषयमा जानकारी दिनेजस्ता कामहरू बीमा कम्पनीहरूबाट भएका छन् ।

Esewa
Crest

नवीकरण बीमाशुल्क अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ भने अनलाइनमार्फत नै बीमा पोलिसी जारी गर्न सकिने व्यवस्था समेत कम्पनीहरूले गरेका छन् । यी कारणले पनि यस अवधिमा जीवन बीमाको व्यवसाय बढेको बीमा कम्पनीका अधिकारीहरु बताँउछन् ।

बीमा समितिको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको साउन मसान्तसम्ममा १० अर्ब १४ करोड रुपैयाँ, भदौ मसान्तम्ममा २० अर्ब ९७ प्रतिशत बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

असोज मसान्तसम्ममा ३२ अर्ब ३२ करोड रुपैयाँ, कात्तिक महिनामा ३९ अर्ब २२ करोड रुपैयाँ, मंसिरमसान्तसम्ममा ४९ अर्ब २९ करोड रुपैयाँ, पुस मसान्तसम्ममा ६३ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS