IME Life New

दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुले गरे २१ अर्बमाथि प्रथम बीमाशुल्क आर्जन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २१ अर्ब ४ करोड रुपैयाँ भन्दाबढि प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ६ महिनाको अवधिमा २१ अर्ब ४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् ।

Source :Beema Samiti

६ महिनाको अवधिमा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले मंसिर मसान्तसम्ममा ४ अर्ब ६७ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले यस अवधिसम्ममा २ अर्ब ५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा १ अर्ब ८५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, यूनियन लाइफले १ अर्ब ७६ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब १७ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब १६ करोड, गुराँस लाइफले १ अर्ब २ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ९६ करोड रुपैयाँ, ज्योति लाइफले ८९ करोड रुपैयाँ, सिटिजन लाइफले ७३ करोड रुपैयाँ र प्राइम लाइफले ७१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।

समितिको तथ्याङ्क अनुसार मेट लाइफले ६६ करोड रुपैयाँ, आइएमई लाइफको ६६ करोड रुपैयाँ, सानिमा लाइफले ६४ करोड रुपैयाँ, रिलायन्स लाइफले ६४ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ६४ करोड रुपैयाँ, सन नेपाल लाइफले ४७ करोड रुपैयाँ, प्रभु लाइफले ३९ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ३४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS