IME Life New

दोस्रो दिन पनि लगानीकर्ताहरुको अनसन जारी ,३ बुँदे माग थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लगानीकर्ताहरुले आफना माग सहित दोस्रो दिन पनि अनसनमा बसेका छन् । आईतबार अनसन बसेको दिनमा बजार १० प्रतिशतले बढेको थियो । आईबार देखि नेपाल स्टक एकस्चेनजले लगानीकर्ताहरुलाई युजर आईडी र पासवर्ड पनि दिएको छ ।

यसैबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबारदेखि सेयर दलालसँग सम्झौता गरेका लगानीकर्तालाई अनलाइनको युजर नेम र पासवर्ड दिन सुरु गरेको छ । यो सँगै अनलाइन सेयर करोबार गर्ने तरीका सिकाउन नेपालीमा निर्देशन पुस्तिका (युजर म्यानुअल) पनि सार्वजनिक गरेको छ । यसअघि म्यानुअल अंग्रेजी भाषामा मात्र प्रकाशन गरेकोमा लगानीकर्ताको सहजताका लागि नेपालीमा पनि ल्याइएको जनाएको छ ।

Esewa
Crest

आइतबार १० बुँदा नै भए पनि ३ बुँदे थप गर्नु पर्ने देखिएपछि मागलाई १३ बुँदा पुयाइएको हरी ढकालले जानकारी दिएका छन् । दबाब समूहका यी मागहरु पूरा भएमा धितोपत्र बोड, अर्थमन्त्री, र अन्य निकायसगँ वार्ता गर्नु नपर्ने लगानीहरुले बताएका छन् ।

यस्ता छन् लगानीकर्ताहरुको थप ३ गरेको १३ बुँदे मागहरु :

१. सरकारले पूँजी बजारसम्बन्धी आफ्नो धारणा तथा नीति स्पष्ट गरोस र बजार सुधार तथा बिस्तारका लागि तत्काल बिशेष कार्यक्रम ल्याओस् । पूँजी बजार विरोधी अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा र पूँजी बजारमैत्री ब्यक्तित्वलाई अर्थमन्त्री बनाईयोस् ।

२. बैंक खाता र डिम्याट खाता ईन्टिग्रेट भएको अनलाईन कारोबार प्रणालीको पहुँच तत्काल आम लगानीकर्तामा पुर्याईओस् ।

३. धितोपत्र बोर्डले तीन बर्ष अघिदेखि गैर आवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउन कार्य्विधि बन्दै गरेको भन्दै आएकोमा तत्काल सो कार्य्विधि लागु गरी उनीहरुलाई पूँजी बजारमा भित्र्याईयोस् ।

४. शेयर दलाल मार्फत मार्जिन ट्रेडिड. तत्काल खुला गरियोस् ।

५. शेयर धितो कर्जाको सिमा धितो मूल्यांकनको ८० प्रतिशत पुर्याईयोस र जोखिम भारित अंश १०० प्रतिशत वा सो भन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्राप्त हुने ब्यवस्था गरियोस् । प्राथमिक पूँजीको २५ प्रतिशतसम्म हैन, कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा बित्तीय संस्थाले शेयर धितो कर्जा प्रबाह गर्नसक्ने ब्यवस्था होस् ।

६. धितोपत्र बोर्डले तीन बर्षदेखि भन्दै आएको मार्केट मेकर र डिलरशीपको तत्काल ब्यवस्था होस् ।

७. ग्रेड चार र पाँच रेटिड. प्राप्त गरेका कम्पनीहरुलाई आईपीओ बिक्री गर्न तत्काल बन्देज लगाई जलबिद्युत र अन्य कम्पनीहरुलाई प्रत्यक्ष नियमनकारी निकायको ब्यवस्था भएपछि मात्र आईपीओ ल्याउन पाउने ब्यवस्था गरियोस् ।

८. कम्पनीले हकप्रद शेयर बिक्रीको प्रस्ताब सार्वजनिक गर्नु अगाबै संस्थापक र आधारभुत शेयरधनीहरुले प्रस्तावित हकप्रदको ७५ प्रतिशत रकम जम्मा गरेपछि मात्र प्रस्ताब सार्वजनिक गर्न र साधारणसभामा पेश गर्न पाउने ब्यवस्था गरियोस् ।

९. सहायक कम्पनी खोलेर आबेदन गरेका बाणिज्य बैंकलाई तत्काल ब्रोकर लाईसेन्स दिनुका साथै देशका सबै जिल्ला समेट्ने गरी नयाँ शेयर दलालहरुलाई तत्काल ब्रोकर लाईसेन्स दिएर पूँजी बजारमा देशभरिका जनताको पहुँच कायम हुने ब्यवस्था गरियोस् ।

१०. कम्पनीहरुले एफपीओ बिक्रीको प्रस्ताब गर्दा प्रति शेयर नेटवर्थ भन्दा मूल्य बढी नहुने शर्तमा मात्र स्वीकृत गरियोस् ।

११. नेपाल स्टक एक्सचेञ्जलाई तत्काल पुनसंरचना गरियोस् । यस क्रममा नेपाल सरकार र राष्ट्र बैंकको हिस्सालाई एकैचोटी विनिवेश गर्ने, ५१ प्रतिशत शेयर विदेशी रणनीति साझेदारलाई, कम्तीमा २० प्रतिशत सर्वसाधारण, नेप्सेका कर्मचारी र सबै शेयर दलाललाई बिक्री गरियोस् ।

१२. बीमा समितिमार्फत भएको बीमा कम्पनीको लाइसेन्स घोटालाको छानबिन गरी खराब र पूँजी पुर्याउन नसक्ने कम्पनीलाई तत्काल राम्रा कम्पनीमा समाहित गरी बीमा क्षेत्रमा कुनैपनि सर्वसाधारण लगानीकर्ताको लगानी जोखिममा पर्नबाट बचाइयोस् ।

१३. सरकारले बढाएको ५० प्रतिशत पूँजीगत लाभकर फिर्ता गरेर हकप्रद तथा बोनसमा लाग्ने करसम्बन्धी व्यवस्थालाई तत्काल स्पष्ट गरियोस् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS