काठमाडौं । नेप्से १५ दशमलव ८७ अंकले बढेर २३४२ दशमलव ७६ को विन्दुमा कायम भएको छ । बैंकिङ, ट्रेडिङ, होटल, उत्पादनमूक क्षेत्र र अन्य बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ ।
दिनभरिमा २ सय ११ सय वटा कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
नेपाल लाइफको ६१ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको २९ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
वेष्ट फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् भने कर्पोरेर्ट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९३ का दरले कमाएका छन् ।
विशाल बजार कम्पनीका लगानीकर्ताले ३ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन् भने कामना सेवा विकास बैंकका लगानीकर्ताले ३ दशमलव ८२ प्रतिशतका दरले गुमाएका छन् ।