IME Life New

पाँच कम्पनीले पाए ऋणपत्र निष्काशनको अनुमति, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । ५ वटा कम्पनीले ऋणपत्र निष्काशन तथा विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पएका छन् । मञ्जुश्री फाइनान्स लिमिटेड,प्राइम कमर्सियल बैंक लिमिटेड,कामना सेवा विकास बैंक लिमिटेड,नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडलाई सेबोनले ऋणपत्र निष्काशनका लागि अनुमति दिएको हो ।

मञ्जुश्री फाइनान्स लिमिटेडले ऋणपत्र निष्काशन गर्ने अनुमति माग्दै असोज २१ गते बुधबार सेबोनमा निवेदन पेश गरेकोमा बोर्डले फाइनान्सलाई पुस २६ गते, आइतबार ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

Esewa
Crest

फाइनान्सले ८ वर्ष अवधिको लागि ५० करोड रुपैयाँ बराबरको ‘९.५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५’ नाम गरेको ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये फाइनान्सले सर्वसाधारणका लागि २ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३ लाख कित्ता बिक्री गर्नेछ । त्यसैगरी, फाइनान्सको उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा कार्तिक १४ गते शुक्रबार निवेदन पेश गरेकोमा बोर्डले बैंकलाई पुस २६ गते, आइतबार ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ।

बैंकले ८ वर्ष अवधिको लागि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘८.७५ प्रतिशत, ८ वर्ष प्राइम डिबेन्चर २०८५’ नाम गरेको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २१ लाख कित्ता बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

त्यस्तै, कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न कार्तिक ३ गते सोमबार नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकोमा बोर्डले बैंकलाई माघ २ गते, शुक्रबार ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो ।

बैंकले १० वर्ष अवधिको लागि १ अर्ब रुपैयाँ बराबरको ‘१० वर्ष, ९ दशमलव ५ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाम गरेको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न निवेदन पेश गरेको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले १० वर्ष अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको “१०.५ प्रतिशत एनसीसी ऋणपत्र २०८६” निष्काशन गर्नका लागि गत माघ १ गते सेबोनमा निवेदन पेश गरेकोमा बोर्डले बैंकलाई माघ ४ गते, आइतबार ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो ।

१०.२५ प्रतिशत व्याजदर रहेको ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

त्यसैगरी कृषि विकास बैंक लिमिटेडले मंसिर २९ गते बिहीबार सेबोनमा निवेदन पेश गरेकोमा बोर्डले बैंकलाई माघ ५ गते, सोमबार ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो । बैंकले ७ वर्ष अवधिको लागि ६ अर्ब रुपैयाँ बराबरको ‘७ वर्ष, ४ प्रतिशत कृषि ऋणपत्र’ नाम गरेको ६० लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन पेश गरेको छ ।

जसमध्ये बैंकले सर्वसाधारणका लागि २४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३६ लाख कित्ता बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS