IME Life New

७५३ मध्ये ७४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्यो, अब कुन-कुन स्थानीय तह बाँकी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बैंकहरुले प्रतिस्पर्धी रुपमा बजार विस्तार गर्दै आएका छन्। नेपाल राष्ट्र बैंकले बैंक नपुगेका स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउन निर्देशन दिएपछि बैंकहरुले शाखा स्थापना गरेर ती क्षेत्रमा बैंकिङ सुविधा पुपुर्याउन थालेका हुन्।

संघीय संरचना अनुसार बनाइएका ७ सय ५३ स्थानीय तहमध्ये हालसम्म ७४९ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गरिसकेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ। अब ४ स्थानीय तहमा मात्र बैंकका शाखा पुग्न बाँकि रहेको छ ।

Esewa
Crest

राष्ट्र बैंकको तथ्याङक अनुसार हालसम्म शाखा पुग्न नसकेका स्थानीय तहमा ताप्लेजुङ जिल्लाको मिक्वाखोला, धादिङको रुवी भ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको काँडा रहेको जनाएको छ ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ मंसिरमसान्तमा १४४ कायम भएको छ । यस अनुसार २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ मंसिरमसान्तमा १००८६ पुगेको राष्ट्र बैंकको तथ्याङकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS