IME Life New

१९ कम्पनीद्वारा पाँच महिनामा ३४ अर्ब ३७ करोड नविकरण बीमाशुल्क संकलन, कसको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ३४ अर्ब ३७ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कोरोना महामारीका बीचमा बीमा कम्पनीहरुले सन्तोषजनक रुपमा नबिकरण बीमा शुल्क संकलन गर्न सफल भएको देखिएको छ ।

Source : Beema Samiti

बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले चालु आवको मंसिर मसान्त सम्मको अवधिमा उक्त बीमाशुल्क आर्जन गरेका हु्न् ।

Esewa
Crest

मंसिर मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सले नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले समीक्षा अवधिमा १० अर्ब ४९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल नविकरण बीमा शुल्कको आधारमा दोस्रो स्थानमा रहेको छ । कम्पनीले मंसिर मसान्तसम्ममा पाँच अर्ब ६६ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान नविकरण बीमा शुल्कको आधारमा तेस्रो हुन पुगेको छ । कम्पनीले मंसिर मसान्तसम्ममा पाँच अर्ब ९ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, चौथो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी पुगेको छ । सो कम्पनीले पाँच महिनामा तीन अर्ब ३ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ ।

तथ्याङ्क अनुसार एशियन लाइफले एक अर्ब ५६ करोड रुपैयाँ, मेट लाइफले एक अर्ब ५० करोड रुपैयाँ, युनियन लाइफले एक अर्ब २१ करोड रुपैयाँ, प्राइम लाइफले एक अर्ब ९ करोड रुपैयाँ, गुराँस लाइफले ९६ करोड रुपैयाँ, सूर्या लाइफले ९४ करोड रुपैयाँ, सिटिजन लाइफले ५४ करोड रुपैयाँ, आइएमई लाइफले ४४ करोड रुपैयाँ र ज्योति लाइफले ३९ करोड रुपैयाँ नविकरमण बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

त्यस्तै, सोही अवधीमा सन नेपाल लाइफले ३५ करोड रुपैयाँ, रिलायबल लाइफले २९ करोड रुपैयाँ, रिलायन्स लाइफले २९ करोड रुपैयाँ, सानिमा लाइफले २५ करोड रुपैयाँ, प्रभु लाइफले १८ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १० करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

नविकरण बीमा शुल्कले जीवन बीमा कम्पनीहरुको भविष्य कति बलियो र सुरक्षित रहेको छ भन्ने देखाउँछ । नयाँ कम्पनीहरुको नविकरण शुल्क कम हुने गर्दछ भने पुराना कम्पनीहरुको नविकरण शुल्क बढि हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS