Connect IPS
IME Life

बीमा कम्पनीहरुलाई साधारण गर्नै समस्या,एक्चुरीमा भारतनिर्भर, ३७ कम्पनीको साधारणसभामा ढिलाई

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा दर्ता भई सञ्चालनमा रहेका ३७ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । जसमध्ये १८ वटा जीवन बीमा कम्पनी र १८ वटा निर्जिवन बीमा कम्पनी र एक वटा पुनर्बीमा कम्पनी रहेका छन् । उल्लेखित कम्पनी मध्ये ३७ वटै बीमा कम्पनीले यही पुस मसान्तभित्र सम्पन्न गर्नुपर्ने साधारणसभा समयमा गर्न सकेका छैनन् ।*

एनएफआरएसको कारण बीमा कम्पनीहरुको समयमा नै साधारणसभा गर्न सकेका छैनन् । एक्चुरिअल भ्यालुएशनको लागि छिमेकी मुलुक भारतको भर पर्नुपर्ने भएको कारण बीमा कम्पनीहरुले चाहेर पनि समयमा नै साधारणसभा गर्न सक्दैनन् ।

Prabhu
Crest

हालसम्मको तथ्याङ्क अनुसार जीवन बीमा बीमा कम्पनीहरुमध्ये २२ वटा कम्पनीले मात्रै आव २०७५।०७६ को साधारणसभा सम्पन्न गरेका छन् भने अन्यको बाँकी छ । त्यस्तै पुनर्बीमा कम्पनीको साधारणसभा अघिल्लो आर्थिक वर्षको हुन सकेको छैन । सो मध्ये सात वटा जीवन बीमा कम्पनीको साधारणसभा सम्पन्न भएको तथा मिति घोषण भएका छन् । सात मध्ये नेशनल लाईफ, सूर्या लाईफ र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले आव २०७५।०७६ को साधारणसभाको मिति घोषणा गरेका छन् ।

त्यस्तै, एशियन लाईफले आव २०७४।०७५ को साधारणसभा भर्खरै सम्पन्न गरेको अवस्था छ ।* सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको भने २०६५।६६ देखिको साधारणसभा गर्न बाँकी छ । सन् २०१७/११/३ मा तीन आर्थिक बर्षको साधारणसभा गरेको संस्थानले एक्चुरी भ्यालुएसनको कारण त्यसपश्चात् साधारणसभा गर्न सकेको छैन । संस्थानको विगत लामो समयदेखि एक्चुरी भ्यालुएसन रोकिएको कारण साधारणसभा गर्न पाएको थिएन् । बीमा समितिको दवावपछि संस्थानले केहि समयअघि मात्र सन् २०१० सम्मको एक्चुरी भ्यालुएसन सम्पन्न गरिसकेको छ । जसका कारण संस्थानको साधारणसभा केहि समयपछि हुने काँटछाट देखिएको छ ।

जीवन बीमा कम्पनीहरु मध्ये धेरैको आव २०७५।०७६ कै साधारणसभा गर्न बाँकी छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आगामी जनवरी १५ मा साधारणसभाको मिति तोकिसकेको छ भने सूर्या लाईफले जनवरी १८ मा र प्राईम लाईफले जनवरी ११ मा आव २०७५।०७६ को साधारणसभाको मिति घोषणा गरिसकेका छन् ।

नेपाल लाईफ, एलआईसी नेपाल, गुराँस लाईफ, सन नेपाल लाईफ, आईएमई लाईफ, रिलायबल नेपाल लाईफ, सिटिजन लाईफ, युनियन लाईफ र महालक्ष्मी लाईफको आव २०७५।०७६ कै साधारणसभाको मिति घोषणा गर्न नै बाँकी छ । अमेरिकी कम्पनीको नेपालस्थित शाखा कार्यालय मेट लाईफ नेपालमा साधारणसभा नगर्ने कम्पनी हो ।

त्यस्तै, नेपालमा दर्ता भएका १८ निर्जिवन बीमा कम्पनीहरुमध्ये १५ वटा कम्पनीहरुले आर्थिक बर्ष २०७५÷७६ को साधारणसभा गरिसकेका छन् । नेपाल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रिमियर इन्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले साधारणसभा गरिसकेका छन् भने बाँकी दुई निर्जिवन बीमा कम्पनीहरुले साधारण सभा भईसकेको छैन ।

राष्ट्रिय बीमा कम्पनीले आ.व २०६३/६४ र २०६७/६८ बाहेक अन्य साधारणसभा गर्न सकेका छैन । राष्ट्रिय बीमा संस्थानबाट २०७१ सालमा छुट्टिएकोले सस्थानंको २०६८।०६९ देखिको बार्षिक साधारणसभा बाँकी रहेकोले पुरानो कम्पनीको साधारणसभा सम्पन्न भई नसकेसम्म राष्ट्रिय बीमा कम्पनीको साधारणसभा रोकिएको हो ।

त्यस्तै नेपालमा दर्ता नभई विदेशी बीमा कम्पनीको शाखा कार्यालयको रुपमा सञ्चालित नेशनल इन्स्योरेन्स कम्पनी र दि ओरियन्टल इन्स्योरेन्स कम्पनीको साधारण नेपालमा हुँदैन ।

नेपालमा सञ्चालनमा रहेका बीमा कम्पनीहरुको जोखिम वहन गर्ने एक मात्र कम्पनी नेपाल पनुर्बीमा कम्पनीले आर्थिक बर्ष २०७५÷७६ सम्मको साधारणसभा गरिसकेको छ ।

किन गर्न सक्दैनन् बीमा कम्पनीहरुले समयमै साधारणसभा ?

एक्चुरिअल भ्यालुएशनको लागि भारतिय बीमाकीको भर पनुपर्ने बाध्यता पहिलो कारण हो । स्वदेशमै एक्चुरिअल भ्यालुएशन गर्ने सहज वातावरण नबन्दा सम्म समयमै लेखापरिक्षण प्रतिवेदन र बार्षिक साधारणसभा अपेक्षा गर्न सकिदैन ।

भारतीय एक्चुरीहरूले नेपालका बीमा कम्पनीहरूको कामलाई प्राथमिकताभित्र राखेर काम नगर्दा साधारणसभासँगै अन्य विषयमा समेत समस्या उत्पन्न हुने गरेको बीमा कम्पनीका अधिकारीहरुको अनुभव छ । नेपालभित्र एक्चुरी नभएपछि भारतीय एक्चुरीका भरमा काम गर्नुपर्दा साधारणसभा गर्न ढिलाइ हुने गरेको बीमा कम्पनीका अधिकारीहरु बताँउछन् ।

भारतीय बीमा कम्पनीहरूको बीमांकीय मूल्याङ्कन सकेर मात्र नेपाली कम्पनीको काममा ध्यान दिने गर्दा बीमा कम्पनीहरूले समयमा साधारणसभा समयमा गर्न नसकेको बीमा कम्पनीहरु बताँउछन् ।

बीमा ऐन अनुसार हरेक बीमा कम्पनीले बीमा समितिसँग लिएको लाईसेन्स प्रत्येक वर्ष चैत मसान्तसम्ममा नविकरण गर्नुपर्छ । अघिल्लो वर्षको वासलात पेश नगरेमा, आम्दानीको हिसाब पेश नगरेमा, लेखा परीक्षणको प्रतिवेदन पेश नगरेमा, विमाङ्कीको प्रतिवेदन पेश नगरेमा, आम्दानीको एक प्रतिशत शुल्क नबुझाएमा बीमा समितिले लाइसेन्स नविकरण नगर्न सक्ने व्यवस्था छ । बीमांकीय मूल्याङ्कन लगायतका कारणबाट समयमै साधारणसभा नगर्दा अधिकांश बीमा कम्पनीहरुले जरिवाना तिर्न बाध्य छन् ।

कम्पनी रजिष्ट्रार कार्यालयमा पनि जरिवाना
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका सबै कम्पनीहरुले हरेक बर्षको पुस मसान्तभित्रमा अघिल्लो आर्थिक बर्षको साधारणसभा सम्पन्न गरि सोको विवरण समेत पेश गर्नुपर्छ ।

तर नेपालमा दर्ता भएका बीमा कम्पनीहरुमध्ये अधिकांशले तोकिएको समयमा साधारणसभा गर्न नसकेको कारणबाट कम्पनी रजिष्ट्रारको कार्यालयमा बार्षिक हजारौं रुपैयाँ जरिवाना तिर्दै आएका छन् । तर, नेशनल इन्स्योरेन्स, दि ओरियन्टल इन्स्योरेन्सले नेपालमा दर्ता नभएकोले कुनै जरिवना तिर्नु पर्दैन भने राष्ट्रिय बीमा संस्थान कम्पनी ऐन अन्तर्गत दर्ता नभएकोले संस्थानले पनि कम्पनी रजिष्ट्रारको कार्यालयमा जरिवना तिर्नुपर्दैन ।

बीमा ऐनमा के छ ?
त्यस्तै, बीमा ऐनको दफा २४ मा प्रत्येक आर्थिक बर्ष समाप्त भएको १० महिनाभित्रमा बीमा कम्पनीहरुले लेखापरिक्षण गराई सक्नुपर्ने व्यवस्था छ । नेपालमा संचालित अधिकांश बीमा कम्पनीहरुले दुबै ऐन पालना गर्न सकेका छैनन्। बीमा ऐनमा व्यवस्था भएको बीमांकिय मूल्याकंनका लागि आवश्यक दक्षशक्ति नेपालमा नहुँदा लेखापरिक्षण प्रतिवेदनमै धेरै समय बित्ने गरेको छ ।

*सम्पादन गरिएको ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS