काठमाडौं । नेपाल बैंक र एनएमबि बैंकको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।नेप्सेले नेपाल बैंकको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजनपछि भाउ प्रतिकित्ता ३ सय ३१ रुपैयाँ कायम गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ३ सय ७१ रुपैयाँका आधारमा मूल्य समायोज गरेको हो ।
त्यस्तै, एनएमबि बैंकको पनि १३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयरपछि एनएमबिको सेयर भाउ प्रतिकित्ता ३ सय ७८ रुपैयाँ कायम भएको छ । एनएमबिको बुधबारको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४ सय २७ रुपैयाँ थियो ।