IME Life New

मेरो माइक्रोफाइनान्सको अभिमुखीकरण तथा लघुवित्त तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले नबनियुक्त कर्मचारीहरुलाई एकदिने अभिमुखीकरण तथा लघुबित्त तालिम सम्पन्न गरेको छ ।
नवनियुक्त कर्मचारीहरुलाई संस्था सम्बन्धी कार्य तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने उद्देश्यले तालिम दिइएकोे थियो। तालिममा नवनियुक्त ३७ जना कर्मचारी सहभागी भएका थिए ।

एक दिने कार्यक्रमको समापन समारोहमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले नबनियुक्त कर्मचारीहरुलाई हौसला प्रदान गर्नुहुदै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलतामा वृद्धि हुनुका साथै कर्मचारीले यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयं एबम् संस्थाको दिगो विकासमा योगदान पुग्ने बताए ।

Esewa
Crest

कार्यक्रममा सहभागी कर्मचारीहरुले सो तालिमबाट काम गर्ने हौसला मिलेको साथै सबैसंग परिचय गर्ने मौका मिलेको हुनाले तालिम निकै लाभदायक भएको बताएका थिए ।

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय मार्फत १ लाख १८ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पु¥याइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS