Connect IPS
IME Life

कोरोना संक्रमितले बीमा कम्पनीहरुबाट बुझे पौने दुई अर्ब, ९० जनाले दावी भुक्तानी नपाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना संक्रमित भई बीमा दावी गरेका कूल ३२ हजार ७८८ जना मध्ये १७ हजार ३९४ जना संक्रमितले झण्डै पौने दुई अर्ब रुपैयाँ दावी भुक्तानी बुझेका छन् । २० वटा बीमा कम्पनी तथा नेपाल पुनर्बीमा कम्पनीबाट प्राप्त रकम बीमितहरुले पाएका हुन् ।

बीमा समितिका अनुसार उल्लेखित संक्रमितहरुले मंगलबार साँझसम्म कूल एक अर्ब ६९ करोड ४९ लाख रुपैयाँ दावी भुक्तानी बुझिसकेका छन् । यो संख्या कूल कोरोना बीमा सम्बन्धी सदर फाईको आधाभन्दा बढी हो ।

Prabhu
Crest

कोरोना बीमाको दावी भुक्तानीमा समस्या परेको भन्दै सञ्चार माध्यम, अर्थमन्त्रालयले चर्को दवाव दिएपछि बीमा समितिले विशेष कार्यदल बनाएर दावी भुक्तानी सहज र छिटो हुने व्यवस्था गर्दै आएको छ । बीमा समितिका अनुसार स्वास्थ्ये सेवा विभागमा चार हजार ३३० वटा फाईल पेण्डिङ्मा रहेका छन् ।

त्यस्तै, हालसम्म दोहोरो दावी भुक्तानीको लागि माग गर्ने ९० जनाको फाईल भुक्तानी नदिने गरी निर्णय गरिएको छ । बीमाको सिद्धान्त अनुसार एउटा कम्पनीबाट दावी भुक्तानी माग गरेपछि पुनः अर्को कम्पनीबाट दावी भुक्तानी माग गर्न पाइने छैन । दोहोरो दावी भुक्तानी रोक्न तथा कीर्ते रिपोर्टहरु प्रशोधन गर्न पिसिआर रिपोर्टलाई स्वास्थ्य सेवा विभागबाट प्रमाणित गर्ने व्यवस्था मिलाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS