Connect IPS
IME Life

कोरोना बीमाको तथ्याङ्क नै शंकाको घेरामा, एउटै कम्पनीको १३ हजार भन्दा बढि कागजात बीमा पुलमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले प्रत्येक दिन सार्वजनिक गर्ने कोरोना बीमा सम्बन्धमा बीमा पुलको तथ्याङ्क शंकाको घेरामा परेको छ । एउटै कम्पनीको १३ हजार भन्दा बढि फाईल बीमा पुलमा पुगिसक्दा पनि कूल तथ्याङ्क ३० हजार नाघेको छैन । बीमा पुलबाट प्राप्त तथ्याङ्कलाई बीमा समितिले सार्वजनिक गर्दै आएको छ ।

तर, इन्स्योरेन्स खवरलाई प्राप्त तथ्याङ्कमा एउटै कम्पनीले १३ हजार भन्दा बढि बीमितको सम्पूर्ण कागजात पुगेको फाईल पठाइसकेको फेला परेको छ । राष्ट्रिय बीमा कम्पनीले गत शुक्रबार सम्ममा १३ हजारभन्दा बढिको फाईल सम्पूर्ण कागजात सहित बीमा पुलमा पठाइसकेको छ । तर, बीमा पुलको सो दिनको तथ्याङ्कमा कूल कागजात पुगेको फाईल संख्या २९ हजार २७० छ । नेपालमा सञ्चालित २० वटै निर्जिवन बीमा कम्पनीहरुमार्फत बीमा पुलमा दैनिक फाइल गइरहेको छ ।

Prabhu
Crest

राष्ट्रिय बीमा कम्पनीले सिंहदरवारस्थित केन्द्रीय कार्यालयको सबैभन्दा माथि ट्रष्ट राखेर २० जना कर्मचारीलाई खटाएर फाईल तयार पार्न लगाउने गरेकोछ । सो क्रममा १३ हजार भन्दा बढिको फाईल तयार गरी बीमा पुलमा पठाइएको जनाएको छ । बीमा पुलमा गएको मध्ये हालसम्म दुई हजार जनाको मात्रै प्रमाणिकरण भएर आएको तथा जम्मा चार सय जनाको लागि मात्रै दावी भुक्तानी गर्ने रकम प्राप्त भएको जनाएको छ ।

राष्ट्रिय बीमा कम्पनी सबैभन्दा बढि बीमा दावी पर्ने कम्पनी भएपनि अन्य कम्पनीहरुबाट समेतको दावी यसअघि नै ३२ हजार नाघिसकेको थियो । बीमा पुलबाट बीमा समितिहुँदै अर्थमन्त्रालय र सञ्चार माध्यममा पुगेका तथ्याङ्कहरु शंकाका घेरामा परेका हुन् । स्रोतका अनुसार हालसम्म ५० हजार भन्दा बढिले कोरोना बीमा दावीका लागि फाईल पेश गरिसकेका छन् । यकिन तथ्याङ्क अझै बाहिर आएको छैन । यसअघि बीमा पुलले गत मंसिरमा अन्तिम पटक सार्वजनिक गरेको तथा बीमा समितिमा पठाएको तथ्याङ्क अनुसार कूल बीमा दावी गर्नेको संख्या ३२ हजार भन्दा बढि रहेको जनाइएको थियो ।

अर्थमन्त्रालयमा नियमित रिपोर्टिङ गर्नुपर्ने भएपछि बीमा पुलले सम्पूर्ण कागजात प्राप्त भएको मात्रै भनेर आफ्नै तथ्याङ्क दुइ तिहाई घटाएर सार्वजनिक गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS